काँग्रेसका कार्यकर्ताद्धारा सुनसरीमा बुथ क्याप्चर

मंसिर २१, सुनसरी । जिल्लाको क्षेत्र नं ३ अन्तर्गतको दुहवी–९ छातावेडीमा रहेका सरस्वती उच्च मावि मतदान केन्द्रमा बुथ कब्जा भएको छ ।

नेपाली काँग्रेसका कार्यकर्ताहरुले बुथ कब्जा गरी धमाधम रुखमा मत खसाली रहेका स्थानीयले बताएका छन् । काँग्रेस कार्यकर्ताहरुले वाम गठबन्धनका तर्फबाट प्रदेश सभा ३(क) का उम्मेदवार निलम बस्नेतलाई हातपात गरी मतदान केन्द्रभित्र प्रवेश गर्न नदिएको बस्नेतले बताए ।

उनलाई हातपात गर्ने क्रममा सशस्त्र प्रहरीले बचाएर आफ्नो घेराभित्र राखेको छ । अहिले मतदान केन्द्रबाट काँग्रेस बाहेक अन्य दलका एजेन्टहरुलाई समेत बाहिर निकालिएको अवस्था छ ।

सो क्षेत्रबाट काँग्रेस उम्मेदवार विजय गच्छदार तथा वाम गठबन्धनबाट भगवती चौधरी प्रतिनिधि सभाको चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *