४ हजार ४ सय ८२ उम्मेदवारको भविष्यको फैसला भोली
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
मंसिर २०, काठमाडौं । भोलि देशका ४५ जिल्लाका प्रतिनिधिसभा १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । भोलि हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६६ तथा प्रदेशसभा सदस्यका लागि २ हजार ८ सय १९ गरी ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना प्रतिस्पर्धामा छन् । भोलि हुने निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदाता सहभागी हुनेछन् ।
निर्वाचन निर्वाचन सम्पन्न भए लगत्तै मतपेटीकाहरु संकलन सुरु गरिने र मतपेटीका एकीकृत भएपछि मतगणना गरिने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको मतगणना भने भोली सँझबाटै सुरु हुनेछ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित