कञ्चनपुरको पुनर्वासमा एक ब्यक्तिको रहस्यमय हत्या

कञ्चनपुर, मंसिर २० । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १०, भिमबस्तीमा एक जनाको रहस्यमय हत्या भएको छ । कुटपिटबाट अनुहार पहिचान गर्न समेत गारो हुने शव एक जना अज्ञात पुरुषको हो ।

सिद्धादेवी मन्दिर देखि १०० मिटर पर आज बुधबार बिहान शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । इलाका प्रहरी कार्यालय त्रिभूवनबस्तीका अनुसार नालामा मृत अवस्थामा भेटिएका ति युवकको शवको पहिचान भएको छैन । अज्ञात पुरुषको टाउकोमा चोट देखिएको छ, भने मृतक अन्दाजी ३०–३५ वर्ष उमेरका छन् ।

पुर्नवासका स्थानीयले घटना रहस्यमयी भएको बताएका छन् । घटनाको छानबिन र दोषिउपर कार्बाहीको माग गरिएको छ । प्रहरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *