मतगणना मंसिर २१ देखि नै

मंसिर १९, काठमाडौं । निर्वाचन आयोगले विहिबार दोस्रो चरणको मतदान सम्पन्न हुने वित्तिकै पहिलो चरणमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचन आयुक्त इश्वरीप्रसाद पौडेलले विहिबार अपरान्ह ५ बजे मतदान सकिनै वित्तिकै पहिलो चरणमा सम्पन्न ३२ जिल्लाको निर्वाचनको मतगणना सुरु हुने जानकारी दिएका हुन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सबै मतपेटिका संलकन भएपछि मात्रै दोस्रो चरणको निर्वाचनको मतगणना सुरु गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीको मतगणना एकै समयमा सुरु गर्ने सकिने व्यवस्था पनि मिलाएको छ । स्थानको अभाव भए उचित बन्दोबस्त गर्ने काम सम्बन्धित मुख्य निर्वाचन अधिकृतको भएको पनि निर्वाचन आयुक्त पौडेलले बताए ।

निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक पार्टीका प्रतिनिधिलाई मतपत्र छुन नपाउने गरी व्यवस्था गरिने पनि स्पष्ट पारेको छ । निर्वाचन आयुक्त पौडेलले मतगणना स्थलमा उच्च सुरक्षा सर्तकता अपनाइने पनि बताए ।

निर्वाचन आयोगले ८ दिन भित्र दुवै चरणको निर्वाचनको मत परिणाम सार्वजनिक गरिसक्ने योजना पनि बनाएको छ । आगामी विहिबार दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत मंसीर १० गते सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *