नयाँ संघिय संसदको बैठक बानेश्वरमा, प्रदेशसभाबारे अन्यौल 

काठमाडौं, मंसिर १९ । नयाँ संघिय संसदको बैठक व्यवस्थापिका संसदको बैठक बसेको यस अघिकै भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।

यस अघि २०६४ र २०७० को संविधानसभा बैठक बसिसकेको भवन नयाँ बानेश्वरमा नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बसाउने गरि संसद सचिवालयले तयारी गरिरहेको हो । यसअघि व्यवस्थापिका संसद बैठक बसेको हलमा प्रतिनिधिसभा बैठक र ल्होत्से हलमा राष्ट्रिय सभा बैठक बस्ने गरि तयारी भईरहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने समयसम्म बैठक बस्नको लागि सम्पूर्ण तयारी भईसक्ने पनि सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *