मतदाता शिक्षाका लागि वाम गठबन्धनको पाँच किलोमिटर लामो पदयात्रा

मंसिर १६, काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ९ संयुक्त वाम गठबन्धनले निर्वाचनको प्रचार तथा मतदान शिक्षा अभियानअन्तर्गत शनिबार करिब पाँच किलोमिटर पदयात्रा सम्पन्न गरेको छ । काठमाडौँको लगन टोलबाट शुरु भएको उक्त यात्रा ९ नं क्षेत्रका जैशीदेवल, नयाँ सडक, प्युखा, ब्रह्मटोललगायत सम्पूर्ण भित्री शहरको जनतासँग भेटघाट तथा मतदातालाई चुनावमा मतदान गर्नेबारे जानकारी गराइएको थियो ।

सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका उम्मेदवार नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ तथा प्रदेशसभा उम्मेदवार डा अजयक्रान्ति शाक्य र केशवप्रसाद पोखरेलको सहभागितामा गठबन्धनका नेता तथा कार्यकर्ताले नगर परिक्रमा थिए ।
प्रतिनिधिसभाका उम्मेदवार नेता श्रेष्ठले चन्द्रागिरि डाँडामा पर्यटन क्षेत्रको विकासका लागि भ्यूटावर निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय इन्द्र दहलाई व्यवस्थित गरी यहाँको धार्मिक महत्वलाई देश विदेशमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय विकाससम्बन्धी परियोजनामा स्वदेशी पूँजी परिचालन गरी स्थानीयलाई अधिकतम लाभान्वित गरिने जानकारी गराए ।
प्रदेश नं (क) का उम्मेदवार शाक्यले पिउने पानी तथा ढल व्यवस्थापनको समस्याको उचित समाधान खोजिने बताए ।

प्रदेश नं (ख) का उम्मेदवार पोखरेलले थानकोटदेखि कलंकी सडक विस्तार र स्तरोन्नति कार्य समयमै सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । यसैबीच संयुक्त वाम गठबन्धनले नैकाप भञ्ज्याङमा घरदैलो आयोजना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *