गच्छदारलाई कडा टक्कर दिइरहेकी चौधरीले लेखिन्
“
सुनसरी, मंसिर १५ । सदावहार मन्त्री विजय कुमार गच्छदारलाई सुनसरी क्षेत्र नम्बर ३ मा दर्विलो टक्कर दिइरहेकी वामपन्थी साझा उमेदवार एमाले नेत्री भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर ३ का वासिन्दाका नाममा हृदयस्पर्शी पत्र लेख्नुभएको छ । उहाँले आफूलाई एक पटक अवसर दिन मतदातालाई आग्रह गर्दै सुनसरी क्षेत्र नम्बर ३ लाई देशकै नमूना क्षेत्र बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।
आफू सुनसरी क्षेत्र नम्बर ३ कि छोरी जनताको मतको बलले देशकै छोरी बनेर विकास र संम्वृद्धिमा योगदान दिने पत्रमा उल्लेख गर्नुभएको छ । गच्छदारले २२ बर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने पत्रमा प्रतिवद्धता जनाउनुभएको छ । उहाँले जनतालाई लेखेको मनछुने चिठठी यस्तो छ : सुनसरी क्षेत्र नम्बर तीनबासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, सुनसरी क्षेत्र नम्बर ३ मा बाम गठवन्धनको तर्फवाट उमेदवार बन्न पाउदा मलाई गर्ववोध भएको छ । म तपाईकै अगाडी हुर्के बढेकी छोरी, बुहारी, दिदी, बहिनी भगवती चौधरी तपाईको आर्शिवाद र मत लिएर सुनसरी क्षेत्र नम्बर ३ को विकास र संम्वृद्धिका लागि लागि पर्न चाहन्छु ।
सुनसरी क्षेत्र नम्बर ३ सँग मेरो जीवन जोडिएको छ । त्यसैले म ब्यक्तिगत स्थार्थलाई तीलाञ्जली दिएर यो क्षेत्रको विकास र संम्वृद्धिको लागि कुनै कसर वाँकी राख्ने छैन । मेरो उद्देश्य भनेको यो क्षेत्रका जनताको अनुहारमा मुस्कान र आँगनमा खुशियाली ल्याउनु हो । यस क्षेत्रका जनताको म प्रतिको अगाध माया, ममता र अपेक्षाले मलाई जस्तो सुकै जटिल अवस्थामा पनि बिचलित गराएको छैन । त्यसैले तपाईको म प्रतिको अपेक्षालाई ब्यवहारमै उतारेर सुनसरी क्षेत्र नम्बर तीनलाई देशकै नमूना क्षेत्र बनाउने प्रतिवद्धता जनाउँछु ।
मेरो यो प्रतिबद्धता फगत चुनावमा भोट तान्नका लागि मात्र होइन, ब्यवहारमै उर्तानका लागि हो । किनकी सुनसरी क्षेत्र नम्बर तीन र यो क्षेत्रको विकास र संम्वृद्धिको सपना मेरो रगतमै हर समय बगिरहेको छ । तपाईको म प्रतिको विश्वासले मलाई झन उर्जा प्रदान गरिरहेको छ । सुनसरी क्षेत्र नम्बर तीनले पटक पटक जीताएर पठाएका प्रतिनिधि पटक पटक राज्यसत्ताको मन्त्री, उपप्रधानमन्त्री बनेकै हुन । यो क्षेत्रका बासिन्दाले आफना प्रतिनिधि त्यो ठाँउमा पुग्दा गौरबवोध पनि गरेकै हुन । तर उहाँ प्रति जनताले राखेको अपेक्षा, विकासको सपना सपनामै सिमित बन्यो । यो क्षेत्रले विकास र सम्वृद्धिको उज्यालो अनुभुति गर्न सकेन । यो क्षेत्रको गाँउ गाँउका बासिन्दाले पनि कालोपत्रे गरेको चिल्लो सडकमा गुड्ने अपेक्षा गरेका छन । घरमै बसेर आमाले पकाएको खाना खाएर प्राविधिक शिक्षा पढन चाहेका छन । त्यसका लागि आफनै गाँउ ठाँउमा प्राविधिक कलेज होस भन्ने सपना छ ।
क्षेत्र नम्बर तीनका अदम्य शाहष सहितका युवाले यहि ठाँउमा रोजगार पाउन सकियोस भन्ने आशा संगालेका छन् । प्रत्येक वडा जोडने चक्रपथ बनोस भन्ने जनताको चाहना छ । तर यस अघि जीताएका प्रतिनिधिबाट ती सपना, चाहना पुरा हुने कुनै काम भएन । यो क्षेत्रका जनताले दुःख पाउँदा मेरो मन दुख्छ । पीडावोध हुन्छ । म सघै तपाईको अनुहारमा खुशि छाएको देख्न चाहन्छु । तपाईका सपना पुरा भएको हेर्न चाहन्छु । त्यसैले म तपाईकै छोरी, बुहारी, दिदी, बहिनी तपाईको साथ र सहयोगमा यो क्षेत्रको विकास र सम्वृद्धिकै लागि आफनो जीवन सर्मपण गर्ने वाचाका साथ चुनावी मैदानमा छु । सुनसरी तीनका वासिन्दाले पटक पटक हेरयौ, अब एक पटक मलाई हेर्नुहोस ।
सुनसरी क्षेत्र नम्बर ३ लाई देशकै उदाहरणीय बनाउने मेरो योजना र सपनालाई साकार बनाउन तपाईको साथ सहयोग विना असम्भव छ । त्यसैले तपाईको आर्शिवाद, साथ, सहयोग र मत लिएर यो क्षेत्रलाई नमूना बनाउदै सुनसरी ३ की छोरी म भगवती चौधरी देशकै छोरी बन्न चाहन्छु । चुनाव प्रचार प्रसारका क्रममा तपाईलाई भेटेरै मेरा सपना र योजना सुनाउने, तपाईको सुझाव सल्लाह लिने र तपाईको अमूल्य मत माग्ने चाहना थियो । चुनाव प्रसार प्रसारका क्रममा त्यसमा कमि कमजोरी हुन पुग्यो होला । त्यसैले यो पत्र मार्फत तपाई सँग आइपुगेकी छु । तपाईको आर्शिवादको अपेक्षा गर्दछु । तपाईको अमूल्य मायाँ, स्नेह र विश्वासलाई हृदयमा संगालेर अघि बढने छु । मलाई विश्वास छ तपाई लगायत तपाईको परिवार र आफन्तहरुको अमूल्य मत प्राप्त गर्नेछु ।
सुनसरी क्षेत्र नम्बर तीन (क) तर्फबाट लिलम वस्नेत र (ख) तर्फका रामदेव यादवको दर्विलो साथ र सहयोगले सुनसरी क्षेत्र नम्बर तीनको विकास र सम्वृद्धिको लागि कुनै कसर वाँकी नराखि काम गर्नेछौं । त्यसैले म भगवती चौधरीलाई प्रतिनिधिसभाका लागि लिलम वस्नेतलाई प्रदेशसभा (क) का लागि रामदेव यादवलाई प्रदेश सभा (ख) का लागि सूर्य चिन्हमा मतदान गरि विजयी गराउनुहुन अनुरोध गर्दछु । तपाईको सेवा गर्ने अवसर दिनुहोस, हामी तपाईको मतको मात्र होइन मनको पनि प्रतिनिधित्व गर्नेछौ । तपाईको खुशीनै हाम्रो खुशी हो । हामी क्षेत्र नम्बर ३ का वासिन्दा हौ भन्दा गर्वले शीर ठाडो बनाउने अवस्थाको सृजना गर्ने छौ । अरु कुरा भेटमा गरौला । अहिलेलाई विदा माग्छु ।
उही तपाईकै छोरी, बुहारी, दिदी, बहिनी भगवती चौधरी उम्मेदवार, प्रतिनिधिसभा, सुनसरी क्षेत्र नम्बर ३
“