वाम गठबन्धनको स्थिर सरकार बन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

काठमाडौं, मंसिर १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनाबीसभालाई सम्बोधन गर्दै उहाँले अब देशमा संमृद्धि आउँने विश्वास व्यक्त गर्नुभयो ।

शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उहाँले भन्नुभयो, शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ । यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५ वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उहाँले गर्नुभयो ।

उहाँ चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । आजै चितवन क्षेत्र नं ३ मा भएको अर्को कार्यक्रममा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफस्ले पूरा गरेको भन्दै अब बिकास गर्ने जिम्मेवारी पनि जनताले सुम्पने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *