कामरेडहरुले लाप्पा खेलेपछि भानुभक्त ढकालकाे टाउकाे दुखार्इ

मोरङ, मङ्सिर १० । निर्वाचनको मुखमा एमालेका ‘कामरेड’हरू एक आपसमा जुध्न थालेपछि मोरङ क्षेत्र नम्बर–३ का प्रतिनिधि सभाका लागि बाम गठबन्धनबाट प्रत्यक्ष तर्फका उम्मेद्वार एमाले सचेतक भानुभक्त ढकाल पिरले ‘इन्तु न चिन्तु’ बनेका छन् ।

चुनावी सभामा क्रान्तिकारी भाषण दिएपनि ‘कामरेड’ कार्यकर्ताबीच लाप्पा हान हानको अवस्था सिर्जना मात्रै नभई बाम गठबन्धनका कार्यकर्ताहरुबीच कुटाकुट भएसँगै अस्पताल भर्ना हुन पुगेपछि उनी अहिले पिरमा परेका हुन् भने अर्कातिर काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि सो क्षेत्रका लागि प्रत्यक्ष उम्मेद्वार बनेका समाजेसेवी तथा स्थायीबासी डा. सुनिल शर्मा स्थानीय माझमा हाइ हाइ भइरहेका बेला कार्यकर्ताहरुले झगडा गरेपछि उनी थप पिरमा परेका हुन् ।

घट्ना हो आज (१० गते) आइतबार बिहानको । स्थानीय तह निर्वाचनमा सुन्दरहरैँचा नगरपालिकाका मेयरका उम्मेदवार केदार गुरागाइँ र वडा कमिटी अध्यक्ष गणेश कडरियाबीच झन्डै मुक्का हान हान भएपछि ढकालले दुवैलाई आइतबार राति ८ बजे भेलामा बोलाएको एमालेका एक जना नेताले नाम नखुलाउने सर्तमा जानकारी गराए ।

गुरागाइँले कार्यकर्तालाई प्रत्यक्ष तर्फका उम्मेदवार भानुभक्त ढकाललाई मात्र आगामी मङ्सिर २१ गते भोट हाल्नु तर मोरङ क्षेत्र नम्बर–३ प्रदेश ‘ख’ का प्रत्यक्ष उम्मेदवार राजकुमार ओझालाई ‘एक मत पनि नहाल्नु बरु मत बदर भए पनि होस्’ भन्दै ठाडो निर्देशन दिएपछि उनीहरुबीच ठेलाठेलको अवस्था सिर्जना भएको बताइन्छ । गुरागाइँको यस्तो हर्कत थाहा पाएपछि कडरिया उनीमाथि जाइ लागेको स्रोतले बतायो ।

‘तैले किन यस्तो गरिस् ? आफ्नै पार्टीभित्र अन्तरघात गर्ने’ भन्दै कडरिया गुरागाइँमाथि पाखुरा सुर्कदै जाइ लाग्दा कार्यकर्ताले छेकेका थिए । कार्यकर्ताले कडरियालाई नछेकेको भए बिहान दुवै जना हस्पिटल भर्ना हुनुपर्ने स्थिति आइपर्ने सुन्दरहरैँचाका एक प्रत्यक्षदर्शीले बताए । ‘कडरियालाई एमालेका कार्यकर्ताले नछेकेको भए गुरागाइँले पनि गोदाई भेट्थे र कडरिया पनि चुटिन्थे ।’ प्रत्यक्षदर्शी स्थानीयले बताए ।

उनीहरुबीच एकाबिहानै झगडा भएपछि कार्यकर्ताले यसबारेमा तत्काल उम्मेद्वार ढकाललाई फोनमा जानकारी गराएका थिए । त्यसपछि ढकालले घटनालार्इ जसरी हुन्छ मिलाउन सुझाव दिएपनि उनीहरूविच सहमति हुन सकेन । त्यसपछि ढकालले तत्काल भेलामा बसेर कुराको छिनोफानो लगाउँने निर्देशन दिएका थिए । स्रोतका अनुसार उनीहरुबीच मिल्न सक्ने स्थिति पैदा नभएपछि  अाजै बेलुकी ८ बजेको लागि बैठक बाेलार्इएकाे थियो ।

कसरी भयो झगडा ?

एमाले नेता गुरागाइँ र ओझा स्थानीय तह निर्वाचनमा सुन्दरहरैँचाकाे मेयरका लागि अाकांक्षी उम्मेदवार थिए ।  गुरागाइँले विभिन्न शक्ति केन्द्र धाएरै टिकट फुत्काएका थिए । तर, उनी स्थानिय निर्वाचनमा काँग्रेस उम्मेदवार शिव ढकालसँग पराजित भएका थिए । आफूले स्थानीय तहको निर्वाचनमा हारेपनि पुनः प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा टिकट पाउँनुपर्ने  गुरागाँर्इकाे माग थियाे । तर, पार्टीले यसअघिको निर्वाचनमा हार व्यहोरेका उम्मेद्वारलाई टिकट नदिने घोषणा गरेपछि प्रदेश सभाका लागि स्वतः ओझाले टिकट पाएका थिए ।

यसै विषयलाई लिएर असन्तुष्टि देखाउँदै आएका गुरागाँर्इले आफ्ना कार्यकर्ताहरूलाई ओझालाई भोट नदिन निर्देशन दिएको थाहा पाएसँगै कडरिया उनीमाथि झम्टिन पुगेका हुन् ।

को हुन्, कडरिया ?

विगतका दिनमा माओवादी केन्द्रमा रहेर पार्टी परित्याग गरी एमालेमा छिरेका उनी, एमाले सुन्दरहरैँचा वडा कमिटी अध्यक्ष हुन् । तर, माओवादी केन्द्र परित्याग गरेर एमालेमा आएपनि निर्वाचनमा बामगठबन्धन गरेर जानुपर्ने भयो । हठात्, दुई ठुला बामबीच तालमेल र पार्टी एकताको कुरा आयो । तर, केन्द्रमा प्रचण्ड र केपी विच गठबन्धन भएपनि स्थानिय तहमा कार्यकर्ता विच मतान्तर छ । यसैकाे सेराेफेराेमा गुरागाइँले पार्टीमाथि गरेको अन्तर्घात सहन नसकेर कडरिया गुरागाँर्इ माथि जाइलागेका हुन्।

आज नै पथरीशनिश्चरे–४, वडाध्यक्ष गोविन्द बहादुर भण्डारीलाई आफ्नै कार्यकर्ता विष्णु कार्कीले कुटपिट गरेपछि विराटनगर नोबेल मेडिकल अस्पताल भर्ना भएका छन् । भण्डारी माओवादीतर्फबाट वडा संयोजक समेत हुन् । उनलाई काँग्रेसका लागि भोट मागेको भन्दै कार्कीले तीन भाइ बोलाएर कुटपिट गरेका थिए । उनी हाल नोबेल हस्पिटलमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seventeen =