बाबुले छोराको टाउकोमा ढुङ्गाले किचेर मारेपछि…

मङ्सिर ७, जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–६ का एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुङ्गाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिए ।

एक वर्ष अघि कतार बसेर आएका उनले लेखेको सुसाइड नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उनले बताए ।

हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यान मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seventeen =