सर्वोच्च शिखर सगरमाथाको उचाइ फागुनमा नापिने
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, मंसिर ७ । सगरमाथाको उचाइ फागुनको पहिलो साताबाट नापिने निश्चित भएको खबर आजको नेपाल समाचारपत्रमा छ । त्यसका लागि यही मंसीर मसान्तसम्म आवश्यक पर्ने सबै प्रविधिको तयारी पूरा हुने नापी विभागले जनाएको छ ।
मंसीर २५ र २६ गते काठमाडौंमा सगरमाथा उचाइ मापन सन्दर्भमा अन्तराष्ट्रिय गोष्ठीको आयोजनासमेत गरिएको छ । सोलुखुम्बुका १२ वटा स्थानमध्ये ८ वटा स्थान पहिले पनि मापनका लागि प्रयोग भएका केन्द्र थिए ।
अन्य चार वटा नयाँ प्वाइन्ट निर्धारणा गरिएको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् । पुस माघको समयमा हिउँ पर्ने भएकाले फागुनबाटै अथवा हिउँ लाग्ने समय सकिएपछि मापन कार्य सुरु हुने बताइएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित