बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने

मङ्सिर ६, काठमाडाैं । नेपाली काँग्रेसले बाम गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ ।नेपाली काँग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएको तर्क समेत गरे ।

खाँडले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको प्रतिक्रिया पनि दिए । ओली र दाहालले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन् । बुधवार पार्टी निकट बुद्धिजीविहरुमाझ काँग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचन नै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको दाबी पनि गरे । उनले मुलुकको सबैभन्दा बढी राष्ट्रवादी शक्ति नेपाली काँग्रेस रहेकाे बताए ।

साेही अवसरमा काँग्रेस नेता खाँडले कानुन विपरीत भएकाले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नु परेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =