रोकिएनन् ! प्रचण्डका आँशु

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएर आइतबार बिहान निधन भएका छोरा प्रकाशलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्यसमेत प्रकाश दाहाल ‘साकार’लाई पार्टीको झण्डा ओढाएर प्रचण्डले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।  आँखाभरी आँशु लिएका प्रचण्डले छोरा प्रकाशको पार्थिव शरीरमाथि पार्टीको झण्डा ओढाएका थिए ।

 

२०५७ देखि नै नेकपा माओवादीमा पूर्णकालिन भएर सचिवालयमा काम गरेका प्रकाशको ३६ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।  प्रचण्ड दुईपटक प्रधानमन्त्री हुँदा पनि प्रकाशले नै सचिवालयको जिम्मा निर्वाह गरेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।“युद्धकालको दिनमा समेत कहिले पनि बिचलित नभई काम गर्नुभयो,” भुसालले भनिन्, “यसले हाम्रो पार्टी र आन्दोलनमा क्षति पुगेको छ । प्रकाशका २ श्रीमति र २ छोरा छन् ।”

प्रकाशको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, वर्षमान पुन, कांग्रेस नेता एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठ लगायतका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =