धेरै चिया पिउदा हुन सक्छ है क्यान्सर, बनाउँदा ध्यान दिउ है यी कुरा
“
चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ । बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ । कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन् । अधिकांश नेपालीले बिहान चिया पिउँछन् । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो त ? विभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउँदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएकाे छ । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई ऊर्जा दिन्छ । चियामा दूध मिसाउँदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् । तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ ।
ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार धेरै चिया पिउदा क्यान्सर हुने खतरा बढी हुने देखिएको छ । यसको साथै धेरै चियाको प्रयोगले अन्य रोगहरू पनि बढ्ने खतरा रहन्छ । त्यसैले हरेक दिन ३ कपभन्दा बढी चिया पिउँनु स्वास्थको लागी हानिकारक हुने डाक्टरहरु बताउँछन् ।
अधिक चिया पिउँदा हुने समस्याहरू के के हुन ?
१. धेरै तातो चिया पिउँदा मुखबाट पेटमा जोड्ने आन्द्रा खराब हुन सक्छ । यसले क्यान्सर हुने सम्भावना रहन्छ ।
२. चियामा अधिक फ्लोराईड हुन्छ जसको धेरै प्रयोगले शरीरका हड्डी कमजोर बनाउँछ ।
३. धेरै चियाको सेवनले पसिना धेरै आउँछ । पसिनाको माध्यमबाट सोडिएम, पोटासियम जस्ता तत्वहरु शरीरबाट बाहिर निस्कने हुँदा कमजोरी बढाउँछ ।
चिया बनाउने समयमा यी कुरा ध्यान दिनुपर्छ
१. चियापत्ती, दूध र चिनी एकसाथ पकाउनु हुँदैन । त्यसकोलागी पहिला पानी उमाल्ने, त्यसपछि चियापत्ती हाल्ने र अन्तिममा दूध राखेर पकाउनु पर्छ । चिनी आवश्यकत्ता अनुसार पछि राखेर पिउनु पर्छ ।
२. चिया पकाउँदा पानी धेरै बेर पकाउनु हुँदैन । ३ मिनेटभन्दा बढी समय पानी पकाउँदा पानीमा भएको अक्सीजनकाे मात्रा घट्छ । जसले चियाको टेस्ट राम्रो हुँदैन ।
३. चियापत्ती सधैँ उम्लेको पानीमा हाल्नुपर्छ जसले चियाको टेष्ट र कलर दुवैलाई राम्रो बनाउँछ ।
४. आधाघण्टा भन्दा बढी समय पकाएर राखेको चिया खानु हुँदैन यसले इनडाइजेशन हुन सक्छ ।
बच्चालाई चिया नदिउँ
बच्चालाई चिया दिँदा उसको स्वस्थ्यमा असर पुग्न सक्छ । अमेरिकन एकेडेमी अफ पेडियोट्रिक्स रिसर्च संस्थाका अनुसार बच्चाले चिया पिउँदा उसको शरीरमा नेगेटिभ असर पुग्ने देखिएको छ ।
१. चियामा हुने केपिनले ब्रेन पावरको कम गराउँछ ।
२. चियामा चिनी हुने हुँदा त्यसले बच्चाको दाँत खराब गराउँछ ।
३. बच्चाको हड्डी कमजोर गराउँछ ।
४. पेटको बिमारी ल्याउन सक्छ ।
“