यु १९ एसिया कप: नेपाल सेमिफाइनलमा पुग्दा डिफेन्डिङ च्याम्पियन बाहिरियाे
२०७४ जेठ १५ गते

“
कार्तिक २८, काठमाडौँ । एसिसी यु–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ । आजै नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेको थियो ।
बङ्गलादेशले भारतलाई ८ विकेटले नै पराजित गरेको छ । भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको बङ्गलादेशले उक्त लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्यो । बंगलदेशका लागि तहिर अड्डीले सर्वाधिक ४८ रन बनाए ।
नेपाल, बङ्गलादेश, भारत र मलेसिया रहेको समूह–ए मा बङ्गलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । नेपाल इतिहासमै पहिलो पटक एसिया कपको दोस्रो चरणमा पुगेको हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








