निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्यामा संलग्न एक जना पक्राउ

कार्तिक २८, काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन ।

प्रहरीले आज मङ्गलवार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी यस बारे जानकारी दिनेछ । गत असाेज २३ मा बानेश्वरको खरिबोटमा दिउँसै गौचनको गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासङ्घ कार्यालय आउने क्रममा उनीलाई गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको सिसामा ढुङ्गा प्रहार गरेको थिए । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो । गाडीको सिसा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *