यस्ता छन् आजका पत्रपत्रिकाका सम्पादकीय

आईओएमबारे शीघ्र निर्णयः अन्नपुर्ण 

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले लिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी अन्योलमा परेका छन् । सो प्रवेश परीक्षामा ‘म्याग्नेटिक डिभाइस’ प्रयोग गरेर चिट चोराएको खुलासा भएको थियो । परीक्षाको नतिजा सार्वजनिक गर्ने कि रद्द गरेर पुनः परीक्षा लिने, निर्णय हुन नसक्दा भविष्यमा चिकित्सक बन्न चाहने विद्यार्थी समस्यामा परेका छन् ।

त्रिविले चिट चोरीकाण्डको छानबिन गरेर प्रतिवेदन बुझाउन गठन गरेको समितिले समयमै काम नसक्दा उसलाई निर्णय लिन गाह्रो भएको छ । समितिलाई दुई हप्तामा प्रतिवेदन बुझाउन भनिएकोमा चार हप्ता बितिसक्दा पनि काम हुन सकेको छैन ।

त्रिविसँग सम्बन्धन लिएका सरकारी र निजी मेडिकल कलेजहरूले आईओएमको प्रवेश परीक्षामा उत्तीर्ण हुनेलाई मात्र भर्ना लिन पाउँछन् । परीक्षाफलमा ढिलाइ हुँदा उनीहरूको शैक्षिक सत्र नै लम्बिने खतरा बढेको छ । अन्योलले गर्दा विद्यार्थी महँगो शुल्क (डोनेसन) तिरेर विदेश पढ्न जाने तयारीमा लागेका छन् ।

यस्तो संवेदनशील विषयमा यो या त्यो निहुँमा दोषीलाई उन्मुक्ति दिनु हुँदैन । छानबिनको प्रतिवेदन आउन ढिला भएको, उपकुलपति बाहिर भएको जस्ता कारण देखाएर त्रिविले निर्णय लिन समय लगाएको छ । हजारैाँ विद्यार्थीको भविष्यसँग जोडिएको यो विषयमा सकेसम्म छिटो र उचित निर्णय लिन ढिला गर्नु हुँदैन ।

दिल्ली प्रदूषणको पाठः नयाँ पत्रिका 

भारतको राजधानी सहर नयाँदिल्ली यतिवेला प्रदूषणको चपेटामा परेको छ । धुवाँ र धुलोका कणले कुइरोझैँ आकाश ढाकेर नउघ्रेपछि उत्पन्न त्यहाँको प्रदूषणको अवस्था जटिल हुँदै गएर दिल्लीवासीको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएपछि दिल्ली सरकारले तीन दिनका लागि सबै विद्यालय बन्द गर्ने घोषणा ग¥यो । प्रदूषण नियन्त्रण नभए पनि त्यसबाट बच्न केही उपाय अपनाइएका छन् ।

दिल्लीको वायुमण्डलमा रहेको प्रदूषणको मात्रा मापन गर्ने संयन्त्रले प्रदूषणको मात्रा बढेर विश्व बैंकले तोकेको साधारण वायुको मापदण्डभन्दा कैयन् गुणा बढी भएको देखाएको छ । अन्यथा, सुक्खायाममा दिल्लीको वातावरणीय संकट निकै वर्षदेखि निरन्तर बढ्दै गएको छ । यही अवस्था पाकिस्तानको लाहोरसम्म फैलिएको छ । अलिकति पश्चिमा वायु चल्न थाल्यो भने त्यसले काठमाडौंलाई पनि ढाक्ने निश्चित छ ।

यससँगै अब स्थानीय सरकारलाई पनि यसमा सामेल गरेर तत्काल केही कदम नचाल्ने हो भने नेपालका खासगरी काठमाडौं, पोखरा, चितवन, दाङजस्ता उपत्यकाका बासिन्दाले ठूलै मूल्य चुकाउनु पर्नेछ । यसै पनि जलवायु परिवर्तनको सिकार बन्दै गएको नेपालले यसतर्फ तत्काल ध्यान दिनु जरुरी छ । दिल्लीको अवस्था आउन नदिन अहिले नै सचेत बनौँ ।

विष्टको बिदाइः कान्तिपुर 

राष्ट्रवादी, सादगी छवि बनाएका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट अब हामीबीच रहेनन् । लामो समयदेखि क्यान्सर रोगले पीडित ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार निधन भयो ।

पटक-पटक मन्त्री, तीनपटक प्रधानमन्त्री र मन्त्रिपरिषद् उपाध्यक्ष भएका उनले पदमा रहँदा वा नरहँदा सधैं सादगीपूर्ण जीवन बिताए । तसर्थ, पटक–पटक उच्च पदमा पुगेर सत्ता-शक्ति र अनुचित आर्थिक लोभ प्रदर्शन नगर्ने विरलै राजनीतिक पात्रमध्ये उनी पर्छन् ।

प्रचलनविपरीत विष्टको अन्त्येष्टि पनि उनकै इच्छाबमोजिम शनिबारै राजकीय सम्मानबिना सामान्य तरिकाले भयो ।

उनी दरबारकै निगाहमा आफूलाई पद प्राप्ति भएको खुलाउन पछि पर्दैनथे र जीवनभरि राजदरबारप्रति बफादारिता प्रदर्शन गर्न कुनै कसर बाँकी राखेनन् ।

लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा नदेखिए पनि दिवंगत विष्ट उत्तरी सीमाबाट भारतको सैन्य डफ्फा फिर्तीे, राष्ट्रिय स्वार्थमा अडान, सिंहदरबार आगजनीपछि नैतिकता प्रदर्शन, निष्कलंक छवि र सादगीपूर्ण जीवनका कारण सम्झिइरहनेछन् ।

पीडितले क्षतिपूर्ति पाउने व्यवस्था होस्ः गोरखापत्र 

वैदेशिक रोजगारीमा रहेका व्यक्तिको बीमावापतको प्रिमियम नतिरिएका कारण १४ परिवारले अहिले क्षतिपूर्ति रकम नपाउने अवस्था सिर्जना भएको छ ।

वैदेशिक रोजगारीकै क्रममा श्रमस्वीकृति र म्यादी जीवन बीमाको अवधि सकिएका व्यक्तिका लागि बीमाको मोहलत (ग्रेस पिरियड) हुने व्यवस्था हुन्छ र यस्ता व्यक्तिको जीवन बीमाको प्रिमियम सरकारले तिरिदिने व्यवस्था छ ।

विदेशमा काम गरिरहेको तर बीमा नवीकरण हुन नसकेका व्यक्तिको मृत्यु भएमा वा अङ्गभङ्ग वा बिरामी भई बीमा दाबी गर्नयोग्य पीडितको बीमा स्वतः नवीकरण भएको मानी रक्षावरण गरिने व्यवस्था छ ।

यसका लागि प्रिमियमवापत तिर्नुपर्ने अनुमानित रकममध्ये १० लाख रुपियाँ बराबरको रकम सरकारले तिरिदिने निर्णय पनि भएको छ तर काममा ढिलासुस्ती र हेलचेक्र्याइले बीमा प्रिमियम नतिरिएपछि अहिले पीडित परिवारले क्षतिपूर्ति नपाउने अवस्था भएको छ ।

यसले धेरै वैदेशिक रोजगारीमा रहेका व्यक्ति र तिनका परिवारलाई सहयोग पुग्छ ।  कसैको पनि लापरबाही वा कमी कमजोरीले गर्दा पीडितले राहत, सुविधा र क्षतिपूर्ति पाउनबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य हुनैपर्छ ।

प्रदुषणको प्रभाव : नगारिक

पछिल्ला बर्षहरुमा वातावरण प्रदुषण साईलेन्ट किलर बन्न पुगेको छ । यसको विद्रुप रुप भारतको राजधानी नयाँ दिल्लीमा देखिन थालेको छ । मानव स्वास्थ्यका लागि अत्यन्तै खतरनाक अवस्थामा पुगेको त्यहाँको आवाको गुणस्तरका कारण संकटकालिीन स्थिती आउको छ ।

सञ्चारमाध्यमले दिल्लीको अवस्थालाई ग्यास च्याम्बर का रुपमा चित्रण गरिरहेका छन् । त्यहाँको सरकारले समसया समाधानका लागि जोर र विजोर गरेर सवारीसाधन चलाउन थाले पनि यो व्यवस्था धेरै दिन टिकन् सकेन ।

नेपालमा प्रतिबर्ष वायु प्रदुषणले ९ हजार ९ सय ४३ को ज्या लिने गरे को छ । वायु प्रदुषणबाट हुने मृत्यु सशस्त्र द्धन्द्धका क्रममा मारिने भन्दा धेरै हुने गरेको छ । नेपालमा प्रदुषणका कारण प्रत्येक एक लाखमा ३६ जनाको मृत्यु हुनु आफैमा डर लाग्दो संकेत हो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =