जाडो मौसमलाइ मध्यनजर गर्दै विद्यार्थीहरु लक्षित पाेसाक बजारमा (फाेरएभर इन्टरप्राइजेज)

“
कार्तिक २६, काठमाडाैं । चिसोको मौसम बढे संगै बिद्यार्थीहरु लक्षित गरि फाेरएभर इन्टरप्राइजेजले जाडाे विशेष गुणस्तरिय पाेसाकहरू लिएर बजारमा अाएकाे छ । विगत ४ वर्षदेखि फाेरएभरले नाफा कमाउने उद्देश्य नराखी सेवा मुलक ब्यबसाय द्वारा यस पेशालार्इ मर्यादित बनाउन काेसिस गरिरहेकाे छ ।
यस सस्थाले बजारमा रहेको व्यक्ति पिच्छे फरक मूल्य भन्दा सबैलार्इ एउटै मूल्यमा गुणस्तरिय कपडा उपलब्ध गराउदै अाइरहेकाे छ । फाेरएभरका सिइअाे उदिप खड्का भन्छन्, “”हामीले दिने पाेशाकमा गुणस्तरियसँगै मूल्यमा एकरूपता छ । बजारमा भएजस्ताे व्यक्ति पिच्छे फरक मूल्य हामीमा हुँदैन । हामी नाफा कमाउने तिर भन्दा समाजपरक संस्थाकाे रूपमा स्थापित गर्न लागि परेका छाै ।””
राजधानी भित्र र बाहिरका करिब २०० भन्दा बढी विधालय र कलेजलार्इ पाेशाक वितरण गर्दै अाइरहेकाे फाेरएभरले दुरदराज सम्म अाफ्नाे सेवालार्इ सहज र सुलभ रूपमा पुर्याउने लक्ष्य लिएकाे ‘खड्का’ बताउँछन् । उनी भन्छन्, “”गुणस्तरिय पाेसाक सुपथ र सुलभ मूल्यमा हामी वितरण गरिरहेका छाै । काम गर्ने क्रममा केही असहजता पनि आउँछ तर हामीले त्यसलार्इ समस्याका रूपमा भन्दा पनि अवसरका रूपमा लिएका छाैं ।””
हाल फाेरएभरले सामाजिक कार्यमा पनि हात हालेकाे छ । फाेरएभरले विभिन्न एनजिअाे, अाइएनजिअाे, विधालय तथा कलेजहरूसँग सहकार्य गरी पिछडिएका समुदायका बालबालिकाहरूलार्इ पाेसाक वितरण गर्दै अाइरहेकाे छ । साथै, भूकम्पले देश राेएकाे बेला गाेर्खामा मात्र करिब सात लाखकाे कपडा फाेरएफरले वितरण गरेकाे थियाे । भने, हेटाैडामा समेत बालबालिकालार्इ सहयाेग गरेकाे थियाे ।
“








