फेसबुकमा २७ करोड नक्कली अकाउन्ट

एजेन्सी । सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले गरेको साइबर हस्तक्षेपमा फेसबुकको प्रयोग गरिएको विषयलाई लिएर फेसबुक यसअघि नै छानबिनको घेरामा छ । यहीँ बिचमा फेसबुकले आफ्नो अर्को कमजोरी पनि स्वीकार गरेको छ । सोसल मिडिया साइट फेसबुकमा २७ करोड नक्कली अकाउन्ट रहेको कुरा फेसबुकले स्वीकार गरेको छ ।

द टेलिग्राफमा प्रकाशित एक समाचारका अनुसार फेसबुकले हालै आफ्नो त्रैमासिक आयको विवरण सार्वजनिक गरेको छ । जसमा फेसबुकले आफूले यसअघि अनुमान गरेभन्दा १० लाख गुणा धेरै नक्कली अकाउन्ट रहेको कुरा स्वीकार गरेको छ ।

त्रैमासिक विवरणको रिपोर्ट अनुसार सन् २०१७ को तेस्रो त्रैमासिकका मासिक २ अर्ब १० करोड प्रयोगकर्तामध्ये २ देखि ३ प्रतिशत अकाउन्ट अबान्छित देखिएका छन् ।जबकि अरू १० प्रतिशत अकाउन्ट चाहिँ कुनै खास फेसबुक प्रयोगकर्ताको डुप्लिकेट अकाउन्टको रूपमा रहेका छन् । यसरी आफ्ना मासिक २ अर्ब १० करोड प्रयोगकर्तामध्ये १३ प्रतिशत अर्थात् २७ करोड फेसबुक अकाउन्ट अवैधानिक रहेको फेसबुकको रिपोर्टमा उल्लेख छ ।

द वासिङ्टन पोस्टको गत महिना प्रकाशित एक रिपोर्ट अनुसार राष्ट्रपति चुनावताका रुसी अपरेटरहरुद्वारा तयार गरिएका वा वितरण गरिएका चुनाव प्रभावित पार्ने खालका सामाग्रीहरू १२ करोड ६० लाख फेसबुक प्रयोगकर्ताको वालमा पुगेका थिए ।

यस विषयमा फेसबुकले अमेरिकी विधायकहरुलाई जानकारी गराउने योजना पनि बनाएको समाचारमा उल्लेख छ । यो सङ्ख्या फेसबुकले यसअघि अनुमान गरेभन्दा निकै धेरै हो । यसअघि फेसबुकले १० लाख प्रयोगकर्ताको वालमा मात्र यस्ता विज्ञापन सामाग्रीहरू पुगेको हुनसक्ने दाबी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =