सरकारी निकायको लापबाहीका कारण ज्यान गुमाएका बास्ताकोटीका परिवारले अझै पाएनन् क्षतीपुर्ती

काठमाडौं, कात्तिक २० । सवारी साधनले मानिसलाई ठक्कर दिएर घाइते बनाए उसको उपचार सवारीधनीले गर्नुपर्छ । अर्थात् जसको कारणले दुर्घटना उपचार उसैले गर्नुपर्छ । तर, यहाँ एउटा सरकारी निकायको लापरवाहीले गम्भीर घाइते भएका एक होनहार युवाको तिनै निकायको वेवास्ता र अस्पतालको लापरवाहीले कास्की भलाम निवासी भौतिकशास्त्रका अध्यापक विष्णु बास्ताकोटीको ज्यान गएको छ ।

यो घटना २०७४ साउन २६ गतेको हो । आफ्नो नियमित काम सकेर फर्कने क्रममा सडकमा लत्रिएको हाइ भोल्टेज तार खसेर कास्की भलामकाबास्ताकोटी घाइते भए र काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा निधन भयो । यसमा नेपाल विद्युत प्राधिकरण र अस्पताल दुबैको वेवास्ता र लापरवाही देखिएको छ ।  उच्च भोल्टेजको तार खसेर करेन्ट लागेका वास्ताकोटीको उपचारका लागि काठमाडौं ल्याइएपछि सुरुमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले चासो देखाए । तर, पछि उनीहरुले उपचार खर्च धान्न नसक्ने भन्दै अस्पताललाई त्यहाँबाट बाहिर पठाउन दवाव दिएको खुलेको छ ।

८० दिनसम्म उपचार गर्दा बिरामीको अवस्थामा आएको सुधारका बीचमा विद्युत प्राधिकरणको दवाव र अस्पतलाले बिल भुक्तानी नगरे उपचार नै रोक्नुपर्ने हुनसक्छ भन्ने चेतावनी आएलगत्तै बिरामीको मृत्यु हुनुले दुबै पक्षको चरम लापरवही भएको बुझ्न कठिन छैन । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत रहेकै अवस्थामा काठमाडौंको ग्राण्डी अस्पतालमा हेलिकोप्टरमार्फत ल्याइएका बास्ताकोटीको उपचारमा सुरुवाती दिनमा अस्पतालले निकै चासो दिएको र बिरामीको अवस्थामा पनि निकै सुधार आएको थियो । पारिवारिक स्रोतका अनुसार उनको हात र खुट्टामा प्लास्टर गरिएको थियो । बेलाबेलामा गाह्रो हुने गरे पनि उनी बोल्ने, खानाखाने र अरुले समातेर उठबस गर्नसक्ने र लेख्नसक्ने अवस्थामा पुगेका थिए ।

बिरामीको अवस्थामा आएको सुधारले चिकित्सकहरु पनि उत्साहित थिए । ऊर्जा मन्त्री महेन्द्र शाही र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंङ अस्पताल पुगेर उपचार खर्च व्यहोर्ने आश्वासन दिएपछि राम्रो उपचार हुँदै गएको थियो । दुई महिनासम्मको उपचारपछि बिरामीको अवस्था राम्रो हुँदै गर्दा पनि प्राधिकरणले अस्पतालको बिल भुक्तानी नदिएको, बरु सो अस्पतालबाट बाहिर निकाल्न दवाव दिएको र त्यसको केही दिनमै बिरामीको मृत्यु भएको थियो । अस्पतालको बिल पाएपछि प्राधिकरणले बिल भुक्तान गर्न आलटालको थियो ।

 

यो जानकारी पाएपछि परिवारले उपचार खर्च आफूले व्यहोर्ने जानकारी गराए पनि उठेको सबै बिल भुक्तानी नगरे उपचार रोक्ने धम्की अस्पतालले दिएको र त्यसको केही दिनमै उनको मृत्यु हुनु संयोग मात्र मान्न सकिन्न । प्राधिकरणले बिल धेरै उठेकाले त्यहाँबाट अन्य अस्पताल पठाउन दवाव दिएको थियो । तर बिरामीको उपचार ग्राण्डी बाहेक नेपालका अन्यत्र सम्भव थिएन ।

ग्राण्डीमा उपचार सम्भव नभए अन्यत्र लाने परिवारका सदस्यले बताउँदा अस्पतालले बाहिर लान नपर्ने यही सम्भव छ भन्ने बताएको थियो । अस्पतालका चिकित्कीय विभागका प्रमुख डा. चक्रराज पाण्डेले सुरुवाती दिनमा बिरामीको अति ख्याल गरेर उपचार गर्दा अवस्थामा सुधार आएको थियो तर पछिल्ला दिनमा उपचारमा पहिलेजस्तो तत्परता नदेखाइएको पारिवारक स्रोतले बताएको छ । बिरामीका अफन्तले स्वास्थ्य अवस्थाको जानकारी माग्दा अस्पतालले दुरुस्त अवगत नगराइएको र यसको कारण विद्युत प्राधिकरणको दवाव रहेको पारिवारिक स्रोतको दावी छ ।

परिवारले सुरुमै यहाँ सम्भव नहुने भए विदेश लाने बताइरहँदा अस्पतालले यो आफूहरुका लागि चुनौति भएको र उपचार सम्भव भएको बताएको थियो । यस विषयमा कार्तिक १८ गतेको पत्रकार रवी लामिछानेको ‘जनतासंग सिधा कुरा’ कार्यक्रमा प्राधिकरणका कास्की प्रमसख विक्रम अमात्यले दिएकोअभिव्यीक्त सरासर झूटो रहेको मृतककाआपःन्त बताउँछन् । मणिपाल अस्पतालको उपचार र त्यहाँबाट काठमाडौंसम्म ल्याउँदा लागेको हेलिकोटर खर्च प्राधिकरणले नभै बिरामीका आफन्तले नै व्यहोरोका थिए ।

एक श्रीमती र डेढ वर्षे छोराका पिता बास्ताकोटी भविष्यमा देशका लागि केही गर्नसक्ने युवा थिए । भौतिकशास्त्रमा स्नातकोत्तर गरेका उनी पोखराका विभिन्न कलेजहरुमा अध्यापनरत थिए । बास्ताकोटी विद्यावारिधिका लागि अमेरिका जाने तयारीमा थिए । बिरामीको उपचारमा अहिलेसम्म कति खर्च लाग्यो र नेपाल विद्युत प्राधिकरणले कति व्यहोर्यो भन्ने यकिन विवरण आउन सकेको छैन । परिवार शोकमा परेका कारण पनि यस विषयमा सोधपुछ गर्न सम्भव छैन । विभिन्न संचार माध्यममा आए अनुसारको रकम खर्च भएको भन्ने विवरण सत्य नभएको मृतकका एक आफन्त बताउँछन् ।

आफ्नै कारणले एक होनहार युवा घाइते भएको र उनको उपचारमा सुरुमा प्रतिबद्धता जनाए पछि उपचार नगर्न दवाव दिनु विद्युत प्राधिकरणको चरम लापरवाही हो भने उपचार खर्च आफूहरुले व्यहोर्ने परिवारका सदस्यले बताउँदै गर्दा पनि अस्पतालले वेवास्ता गर्नु उसको पनि ठूलो कमजोरी हो । यो विषयमाथि गम्भीर अनुसन्धान हुनु आवश्यक छ र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत पार्नु अत्यावश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 8 =