सर्पदंशको औषधि अब नेपालमै बन्ने

कात्तिक २०, काठमाडौं । अब सर्पदंशको औषधि नेपालमै बन्ने भएको छ । निजी क्षेत्रको एन्टि स्नेक भेनम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ कम्पनीले सरकारसँग औषधि उत्पादन गर्न इजाजत लिइसकेको बताएको छ ।

तीन वर्षअघि स्थापना भएपनि कानुनी झन्झटको कारण अहिलेसम्म काम गर्न नसकेको कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताए । उनले औषधि उत्पादन गर्नका लागि कानुनी बाटो खुलेको जानकारी दिए ।

८८ करोड ६३ लाख रुपैयाँको लगानीमा सर्पदंश औषधि उत्पादन कम्पनी स्थापना हुन लागेको फुयाँलले बताए । कम्पनीले चार सय भन्दा बढी दक्ष प्राविधिकलाई रोजगारी दिने र वार्षिक १ अर्ब बराबरको विदेशी मुद्रा नेपाल भित्राउने लक्ष्य लिएको फुयाँल सुनाउँछन्। सर्पदंश औषधि कम्पनी सुनसरीमा स्थापना हुनेछ। सर्पदंशको औषधि विश्वमै अभाव भएकाले नेपालबाट विश्वमा निर्यात गर्ने योजना सफल हुने फुयाँल बताउँछन्।

उनले भने, ‘सरकारबाट इजाजत पाइसकेका छौँ। भवन निर्माणको नक्सा पास भइसकेको छ। औषधि बनाउने कच्चा पदार्थको अभाव छैन। अबको दुईदेखि तीन वर्षभित्रमा नेपालमै औषाधि उत्पादन हुन्छ।’

हाल नेपालमा वार्षिक तीस हजार भाएल अर्थात् ४ करोड रुपैयाँ बराबरको सर्पदंशको औषधि सरकारले विदेशबाट आयात गर्ने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =