महिलाहरूको कपालबाट यसरी थाहा पाउनुस् स्वाभाव

एजेन्सी । महिलालाई बुझ्न निकै गाह्रो हुन्छ भन्ने गरिन्छ । त्यही भएर होला, उनीहरूलाई चिन्न अथवा उनीहरूको बारेमा थाहा पाउने अनेकौँ उपायहरुको बारेमा बताइएको हुन्छ । समुन्द्र शास्त्रमा कपालको बनावट र त्यसको रङ्गको चर्चा छ । जसबाट महिलाहरूको स्वाभाव थाहा लगाउन सकिने उल्लेख छ :

– जुन महिलाको कपालको रङ चम्किलो रातो छ उनीहरू प्रायः तीक्ष्ण बुद्धि भएका हुन्छन् । कसैले केही बोल्नुपूर्व नै उनीहरूको दिमाग बोल्ने मानिसको भन्दा टाढा पुगिसकेको हुन्छ ।

– जो महिलाको कपाल जन्मजात नै सुनौलो हुन्छ उनीहरू आफ्नो दुर्बल र कमजोर शरीरप्रति चिन्तित हुने गर्दछन् । यद्यपि यस्ता महिलाहरू ज्ञानी र स्वभावमा निकै सरल हुने गर्दछन् ।

– जसको कपाल प्राकृतिक रूपमा नै सिधा अथवा स्ट्रेट छ उनीहरूको बिचार निकै स्पष्ट हुने गर्दछ । उनीहरूलाई कुनै पनि कुरा घुमाउरो तरिकाले भन्न आउँदैन र उनीहरू यस्तो कुराहरू बुझ्दा पनि बुझ्दैनन् । उनीहरू जे सोच्छिन् त्यो कुरालाई आफ्नो वरिपरिको मानिसहरूलाई पनि भन्ने गर्दछन् । उनीहरू सरल र खुल्ला बिचारका हुन्छन् ।

– जो महिलाको कपालको रङ कालो र घुम्रिएको हुन्छ उनीहरू जिन्दगीमा आशावादी हुने गर्दछन् । स्वभावमा संकोची यी महिलाहरू अप्ठेरोमा कहिले पनि नडराउने खालका हुन्छन् । जीवनमा खुसी भएर उनीहरू अघि बढ्न चाहन्छन् ।

– खैरो कपाल भएका महिलाहरू निकै संवेदनशील र रोमान्टिक किसिमका हुन्छन् । मायामा धोका पनि यिनीहरूलाई नै हुने गर्दछ । जीवनमा खुल्ला तरिकाले बाँच्न उनीहरूलाई मनपर्छ । आफ्नो जिम्मेवारीलाई निकै राम्रो ढङ्गले पुरा गर्ने गर्दछन् ।

– रातो कपाल हुने महिलाहरू निकै साहसी र केही झगडालु हुने गर्दछन् । यस्ता महिलाहरू प्रत्येक कुरामा रिसाउने गर्दछन् । उनीहरू कठोर स्वभावका हुने गर्दछन् ।

– जुन महिलाको कपाल निकै खैरो र नरम हुन्छ उनीहरू धेरैजसोको रोजाई हुने गर्दछन् । कसैलाई पनि आफूतर्फ आकर्षित गर्न उनीहरूमा गजबको क्षमता हुन्छ । उनीहरूमा आत्मविश्वास पनि धेरै हुने गर्दछ र उनीहरू समझदार हुने गर्दछन् ।

– बाक्लो र लहराउँदो कपाल भएकी महिलाको स्वभाव जिद्दि हुने गर्दछ । कुनै पनि काम गर्दा उनीहरू त्यसमा सोच बिचार नै गर्दैनन् । आफ्नो मनमा जे लाग्यो त्यही गर्ने स्वभाव यिनीहरू कामुक प्रवृत्तिका हुन्छन् ।

– पातलो र हाँगा फाटेको कपाल भएका महिलाहरू जीवनदेखि असन्तुष्ट हुने गर्दछन् । आफ्नो स्वास्थ्यका कारण सधैँ तनावमा रहने गर्दछन् ।

– हल्का घुम्रिएको कपाल भएकी महिला निकै तेज र चलाख किसिमका हुन्छन् । स्वभावमा उनीहरू रोमान्टिक हुने गर्दछन् र यिनीहरूलाई केही काम गर्न र बोल्नमा धेरै समय लाग्ने गर्दैन ।

– नरम, सिल्की र पातलो कपाल भएका महिलाहरू मनबाटै साँचो र सरल बुद्धिका हुने गर्दछन् । उनीहरूको मनमा कसैप्रति पनि नराम्रो सोच पैदा हुँदैन । सबैलाई मद्दत गर्न यिनीहरू हरदम तयार हुने गर्दछन् ।

– जो महिलाको कपाल रुखो छ उनीहरूमा सानो सोच हुने गर्दछ । उनीहरूसँग दया भन्ने कुरा पटक्कै हुँदैन । यद्यपि, उनीहरू जीवनमा आइपर्ने विपरीत परिस्थितिको सामना कुशलतापूर्वक निभाउने गर्दछन् ।

– जसको कपाल बाक्लो र सल्सलाउँदो छ उनीहरू निकै कर्मठ र धैर्यशाल हुने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =