कोमल वली भन्छिन् – वलीहरुकै भोटले जितेर देखाईदिन्छु

कात्तिक १८, काठमाडौं । चर्चित लोकगायिका कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् । केहि समय अगाडि राप्रपा छोडेर एमाले प्रवेश गरेकी वलीलाई एमालेले टिकट दिने आश्वासन सहित पार्टीमा भित्र्याएपनि अन्तमा टिकट दिएको थिएन ।

एमाले नेताहरुले उम्मेदवारी फिर्ता लिन दवाव दिएपनि उनले फिर्ता नलिने बताएकि छन् । दाङ निवासी कोमल वली परिवारको मतले नै जित हासिल गर्ने दाबी गर्छिन् । आफ्नो क्षेत्रमा १२ हजार वली परिवार र आफन्त भएकाले त्यही भोट जितको आधार भएको उनी बताउँछिन । ‘सबै वली परिवारले भोट दिएभनेपनि १२ हजार भोट आउँछ मेरो जित निश्चित छ ।’ वलीले भनिन् ।

रेडियो नेपालको जागिर छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी वली निर्वा्चित केन्द्रीय सदस्यसमेत भएकी थिइन् । राप्रपा विभाजन भएसँगै वली एमाले प्रवेश गरेकी थिइन् ।

एमालेमा राजनीतिक प्लेटफर्म हेरेर छिरेको बताउने वली एमालेले टिकट नदिएर अन्याय गरेको बताउँछिन् । ‘म यस ठाउँको स्थापित महिला हुँ, म चुनाव जित्न सक्छु तर एमालेले टिकट नदिएर मलाई अन्याय गर्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *