छैटौँ नारदमुनि गोल्डकप खेल शुरु

कात्तिक १८, उदयपुर । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–५ बसाहामा छैटौँ नारदमुनि स्मृति गोल्डकप फुटबल खेल शुरु भएको छ । खेलमा राष्ट्रिय र क्षेत्रीय टिमसहित गरेर आठ टिमले सहभागिता जनाएको नारदमुनि स्मृति गोल्डकप आयोजकका प्रवक्ता शेखर राईले जानकारी दिए ।

शुक्रबार पहिलो दिनको खेलमा मोरङको डिएफपी फुटबल क्लबले सुनसरी धरान ११ लाई टाइब्रेकरमा तीनको विरुद्ध चार गोल गरेर विजय शुरुवात गरेको छ । नकाउटको आधारमा खेलाइने उक्त गोल्डकपको प्रथम पुरस्कार राशि रु दुई लाख नगद र कप रहेको छ भने द्धितीय पुरस्कार राशि रु एक लाख नगद र प्रमाणपत्र रहेका छन् ।

राणा शासनका विरुद्ध २००७ सालमा प्रजातान्त्रिक योद्धा भई प्रजातन्त्रको लागि लडाइ लडेका र सो समयमा भूमिगत सञ्चारकर्मी भई पूर्वमा राणा विरोधी गतिविधिको लागि भोजपुर धनकुट्टामा भूमिगत रेडियोसमेत सञ्चालन गरेका नारदमुनि थुलुङको स्मृतिमा नारदमुनि स्मृति गोल्डकप स्थापना गरेर प्रत्येक वर्ष सञ्चालन हुँदै आएको आयोजकले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =