पेट्रोलियम पदार्थ मूल्यवृद्धिको राजनीतिक असर : प्रधानमन्त्रीको निर्देशनपछि फिर्ता

कात्तिक १६, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि मुल्य वृद्धि फिर्ता लिइएको आयल निगमले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएको स्रोतले बतायो । प्रधानमन्त्रीको निर्देशन पछि बिहिबार बिहानै आयल निगमको बैठक बसेको थियो ।

निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =