म्हैपीमा गुरुङलाई गोली हानेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ, ५ कात्तिक । प्रहरीले आज बिहान म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरुङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो ।

परिसरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको जानकारी दिए । “घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ”–प्रमुख धानुकले भने ।

उनले कल्याण र सविना एउटै डिस्कोमा गएको र सविनालाई कल्याणले पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको जानकारी दिए । असुन मनाङ निवासी हुन् । घाइते कल्याणको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *