एमाले कै झण्डा बाेकेर मनाङेले दिए स्वतन्त्र उम्मेद्वारी

कार्तिक ५, मनाङ । पृष्ठभूमिका गुण्डा नाइके भनेर चिनिने दीपक मनाङे (चिनिने राजीव गुरुङ) ले नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले आफ्नै गृह जिल्ला मनाङबाट आज दलवल सहित स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

एमाले जिल्ला कमिटी मनाङले सर्बसम्मत उनलाई प्रदेश क्षेत्र नं. २ बाट सिफारिस गरेपनि केन्द्रीय कार्यालयले टिकट दिएको थिएन । एमालेले टिकट नदिएपनि उनी एमालेको झण्डासहित एमालेका उम्मेदवारसँगै उम्मेदवारी दिन चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश दीपक ढकालले राजीव गुरुङको स्वतन्त्र उम्मेदवारी परेको र मनोनयन दर्ता भएको बताए । उनी केही साताअघि राप्रपा जिल्ला कार्य समितिका सवै सदस्यसहित एमालेमा प्रवेश गरेका थिए ।

उनका अनुसार एमालेबाट प्रतिनिधि सभाका लागि पोल्देन छोपाङ गुरुङको मनोनयन दर्ता भएको छ । प्रदेश क्षेत्र नं. १ बाट दोर्जे डण्डुल गुरुङ र २ खाण्डा लामा गुरुङले एमालेबाट उम्मेदवारी दिएका छन् । दीपक मनाङ्गेलाई एमाले मनाङ जिल्ला समितिले सर्वसम्मत सिफारिस गरेपछि सामाजिक सञ्जालमा एमालेको चर्को विरोध भएको थियो । सामाजिक सञ्जाल र पार्टी भित्रै मनाङ्गेको विरोध भएपछि पार्टी पछि सरेको थियाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *