तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ
“
काठमाडौं, असोज ३१ । तिहार आइसकेको छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् । चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पनि पाइन्छ । व्यवस्थित खानपानमा त्यति ध्यान दिँदैनन्, नेपालीहरू । र, बिरामी हुन बाध्य हुन्छन् ।
अव्यवस्थित खानपानले के हुन्छ ?
मानिसमा अपच, अमिलो डकार आउने ।
पेट ढुस्स फुल्ने ।
आउँ, पखाला, रिंगटा लाग्ने ।
आँखा पोल्ने, बिझाउने, रातो हुने ।
बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट हुने ।
ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर) हुने ।
उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने ।
चिल्लो–पिरोको असर
पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने ।
अम्लपित्त, अल्सर उत्पन्न हुने ।
उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने ।
क्यान्सर वृद्धिमा सघाउने ।
कार्बाइड प्रयोग गरिएका फलफूल खाएमा
मुखमा घाउ आउँछ ।
वाकवाकी तथा बान्ता हुन्छ ।
पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ ।
फुड प्वाइजनिङसमेत हुन्छ ।
फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले क्यान्सरसमेत हुन सक्छ ।
फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउ“छ ।
मिठाई खाँदा किन होसियारी ?
मिठाईको खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउनाले पेट दुख्ने, पखाला लाग्ने हुन्छ ।
अपच हुने, बान्ता आउने, हैजा लाग्ने सम्भावना ।
मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने,
मुखमा अमिलो पानी आउने ।
सास गनाउने, दाँत सड्ने ।
रङमिश्रित वा दूषित घिउ,
तेलको असर
रक्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने ।
रोगसँग लड्ने क्षमता घट्ने ।
भित्री कोमल अंगहरू कलेजो, मुटु, मिर्गौला, कमजोर हुनुका साथै क्यान्सर हुने सम्भावना बढ्नु ।
बाँझोपन, आँखा, कान कमजोर हुन सक्ने ।
सन्तान लुला, लंगडा एवं अपांग र ट्युमर, क्यान्सर हुन सक्ने ।
पुरुषको बीजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने ।
मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोग देखिन सक्ने ।
प्लस टिप्स
मिठाई किन्दा गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मात्रै किन्नुस् ।
बजारबाट तयारी सामग्री नकिन्नुहोस् । यदि किन्नैपरेमा खाद्य रङ राखी बनाइएका मिठाईभन्दा अखाद्य रङ प्रयोग गरेका मिठाई किन्नुस् ।
खाद्य पदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा राख्न हुन्न । प्लास्टिकले बेरेर वा ¥यापिङ गरेका सामान एक–दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ ।
विभिन्न रङ प्रयोग नगरिएका मिठाई खाने गर्नुस् ।
एकपटक प्रयोग गरिसकेको तेल र घिउ फेरि प्रयोग नगर्ने ।
डब्बाका मिठाई खोलेको २४ घन्टाभित्र खाइसक्नुपर्छ । घरमा बनाइएको मिठाई सकेसम्म छिटो खानुपर्छ ।
ढुसी परेका, ओसिएका काजु, मकै, बदाम, सुपारी आदि मसला खानु हुँदैन ।
फलफूल किन्दा दाग नलागेका, रंगीन, कार्बाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नुपर्दछ ।
फलफूल किन्दा टल्कने, प्लास्टिकले बेरिएका फलफूल नकिनौँ ।
“