१७ दिनदेखि अनशनरत डा.महेशकुमार गजुरेलद्वारा अनशन स्थगित
२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज २७ – आंशिक प्राध्यापकलाई करार बनाउन माग गर्दै १७ दिनदेखि आमरण अनशनमा बस्नुभएका डाक्टर महेशकुमार गजुरेलले अनशन स्थगित गर्नुभएको छ ।
सरकारसँग तीन बुँदे सहमति गर्दै उहाँले अनशन स्थगित गर्नुभएको हो । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले उहाँलाई जुस खुवाएर अनशन स्थिगित गराउनुभयो ।
आंशिक प्राध्यापक र सरकारबिच आंशिक प्राध्यापकलाई त्रिविको अहिले रहेको रिक्त दरबन्दीमा समायोजन गर्ने र अपुग दरबन्दीका लागि प्रकृया पुर्याएर अर्थ मन्त्रालयबाट सहमति लिएर मन्त्रीपरिषदमा पेस गर्ने तथा अहिले कार्यरत आंशिक प्राध्यापकलाई प्रकृया पूरा गरी करारमा लैजान त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिने सहमति भएको आंशिक प्राध्यापक संघका सदस्य नारायण कोइरालाले जानकारी दिनुभयो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








