सरकारले शहीद घोषणा गर्ने भएपछि मृतक गौचनको अन्त्येष्टि गरिँदै !

काठमाडौँ, असोज २६ ।  नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको अाज अन्त्येष्टि  गरिने भएकाे छ । महासङ्घले गौचनलाई शहीद घोषणा नगरेसम्म शव नबुझ्ने बताए पनि परिवारको अनुरोधमा आज बिहीबार अध्यक्ष गौचनको अन्त्येष्टि गरिने भएकाे हाे । परिवारको अनुरोधमा हिजो बुधवार साँझ बसेको महासङ्घको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले गौचनको शव परिवारलाई जिम्मा लगाउने निर्णय गरेकाे थियाे।

गौचनको शवलाई बिहीबार महासङ्घको कार्यालय अनामनगरमा श्रद्धाञ्जलीका राखे पश्चात उनकाे अन्त्येष्ठी पशुपति आर्यघाटमा गरिने मृतक गौचनका काका ओमकार गौचनले बताए । काका गौचनले गृहमन्त्रीले शहीद घोषणाका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई प्रक्रिया चाल्न निर्देशन दिइसकेकाले आफूहरूले शव बुझेको समेत बताए ।

दिन दहाडै नेपाल निर्माण व्यवसायी महासङ्घ अध्यक्ष गौचनको हत्या भएको ४८ घण्टा बितिसक्दा पनि सरकारले हत्याराको पहिचान गर्न नसकेको भन्दै महासङ्घले बुधवार पत्रकार सम्मेलन गर्दै बिहीबार उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपन्डोलमा बिहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने र शुक्रवार देशभरका राजमार्गमा बिहान १० बजेदेखि ११ बजेसम्म चक्का जाम गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको थियो । तर सरकारले सहिद घोषणाको प्रक्रिया अघि बढाएसँगै आन्दोलनका ती कार्यक्रमहरू फिर्ता लिइएको महासंघका प्रवक्ता विष्णु बूढाथोकीले जानकारी गराए । उनले गाैचनकाे हत्यामा अपराधिक समुहकाे नै हात हुन सक्ने जिकिर गरे ।

पढ्नुहाेस्

‘गौचनको हत्यामा आपराधिक समूह नै घुसेको छ’

देशको राजधानीमा दिन दहाडै हत्या गरिएको छ । हामी १२ हजार निर्माण व्यवसायीहरु अहिले शोकमा छौँ । अध्यक्ष गौचनको हत्याको पछाडि के छ ? अहिले गृह मन्त्रालयले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्माण क्षेत्र भनेको विभिन्न दूर दराजमा गएर काम गर्नुपर्ने हुन्छ । त्यस क्षेत्रमा गुण्डा÷डनहरु आएर पैसा माग्ने, धम्क्याउँने र थर्काउँने गतिविधिहरू भइरहन्छन् । अहिले गुण्डाहरु झनै सल्बालाएको देखियो । राजनीतिक वृत्तमा त भनिसाध्य छैन । यसकारण गौचनको हत्यामा आपराधिक समूह नै घुुसेको मेरो व्यक्तिगत ठम्याइँ छ । तर, अचानक यो सोच्दै नसोचिएको घटना घट्न पुग्यो ।

नेपाली समकालीन समाजभन्दा त हामी भिन्न छैनौँ । समाजभित्र के भइरहेको छ । नेपालको राजनीतिक अवस्था कस्तो छ । यो गतिविधि सुरुवात गर्ने को त ? प्रश्नको जवाफ त भेटिँदैन । यसरी राजनीतिक छायाँ त पर्ने देखिन्छ नै । तर, हामी निर्मांण व्यवसायीहरु राजनीतिभन्दा माथि उठेर काम गर्न चाहन्छौँ । त्यसैले हामी राजनीति गर्ने पनि होइन बरु राज्यको पुनः संरचना गर्न लागि परेका छौँ । यदाकदा निर्माण व्यवसायीहरुलाई बाध्य बनाएर राजनीतिमा होमिन लगाइएको कयौँ उदाहरण छन् ।

नेपालमा राजनीतिक पार्टीहरूले मन्त्रालय छान्नुपर्यो भन्ने विकास निर्माणकै मन्त्रालय रोज्छन् । र, मन्त्रालयका आसेपासे तथा निजामती कर्मचारीहरू पनि त्यहीँ आउँन चाहन्छन् ।  यसमा ब्यापारीले नै खर्च गर्नु पर्ने । यो क्रम नरोकिएसम्म हामी व्यवसायीहरुले सुरक्षाको अनुभूति गर्न पाउने छैनौँ । अहिले जुन घटना घट्यो यो घटना सरुवा रोग झैँ सर्ने पक्का देखिन्छ ।

सरकारले यसको निचोड निकालेन भने हामी त्यसविरुद्ध अान्दाेलनमा उत्रिने छौँ । पहिला त हामी निर्माण व्यवसायी हौँ । नाफा घाटामा लागेर काम गर्ने गरेका छैनौँ ।  आफ्नो धन, सम्पति आफ्नो पुँजी लगानी गरेर काम गरेका हुन्छाैं । भने, देशको अथर्अन्त्र अभिबृद्धि गर्नमा पनि उत्तिकै योगदान दिएका छाैं । याे कुरा हामी सबैले बुझ्रन अावश्यक छ ।

हामीले राजनीतिक शक्ति प्रयोग गर्ने बानी सुरुवात गरका होइनौँ, बाध्य पारिएको हो । सार्वजनिक खरिद ऐन अन्तर्गरत  टेण्डर आह्वान हुन्छ । त्यसै अनुरूप हामी आफ्नो काम गर्ने हो । हामी निर्माण व्यवसायीहरु त सहकार्य गरेर देश निर्माणमा पो जुटिरहेका छौँ । राजधानीमा त यस्तो घटना घट्छ भने अन्य ठाउँकाे हालत के होला ? सरकार, नेपाल प्रहरीले गर्ने अनुसन्धान प्रति हामी पूर्ण विश्वस्त छौँ, अपराधी उम्केर जानेवाला छैन । हाम्राे अान्दाेलन आन्दोलन शहीदको पगरी भिराउनका लागि मात्र होइन कि महासङ्घको राष्ट्रिय अध्यक्ष भएको नाताले उहाँलाई राज्यले नै विशेष सम्मान दिनुपर्छ भन्ने हाे । सिङ्गो नेपालको अर्थतन्त्रको र व्यवसायीहरुको हत्या भएको छ ।

तारन्तार धम्की अार्इरहेकाे छ

अहिले हामी ब्यवसायीहरूलार्इ तारन्तार नचिनेकाे नम्बरबाट धम्कीहरू अार्इरहेकाे छ । याे सबै कुराहरू नेपाल सरकार र प्जाहरीलार्नइ जानकारी भर्इरहेकाे छ। सरकारले अनुसन्धान गरिँरहेका कारण ठ्याक्कै यसकारण अध्यक्ष गौचनको मृत्यु भयो भन्न

सकिने अवस्था छैन । सरकारले घटनाको  गम्भिररूपमा अध्ययन अनुसन्धान गरेर सत्य तथ्य सार्वजनिक गर्नुपर्छ । राज्यको १३ प्रतिशत भन्दा बढी जीडीपीमा हामी ब्यवसायीहरूकाे याेगदान छ । याे विषयमा सरकार गम्भिर हुन पदर्छ ।

जबसम्म हत्याराको पहिचान हुँदैन तबसम्म मृतकको आत्माले शान्ति पाउँदैन । तर,थकालीको रीतिरिवाजअनुसार तीन देखि सात दिनभित्र शव सदगद् गरिसक्नुपर्छ । तरपनि महासंघको प्रतिवद्धताअनुसार हामीले तत्काल शवको जिम्मा लिन सकिँरहेका थिएनौँ । उता, गृहमन्त्रालयले मृतकलाई शहिद घोषणा गर्ने र अपराधीको पहिचान गरेर कारबाहीको दायरामा ल्याउने फायल उठाएपछि आज पशुपति आर्यघाटमा २ बजे अन्त्येष्टि गर्दैछौँ । । यो खुसीको कुरा पनि हो ।

मुख्य हाम्रो माग पूरा हुन बाँकी नै छ

थकाली समुदायमा तीन देखि सात दिनभित्र मृतकको सव सदगद् गरिसक्नुपर्ने चलन छ । सात दिनभित्र सवको सदगद् नभएमा मृतकको आत्माले मोक्ष प्राप्त नगर्ने मान्यता चलिआएको छ । त्यसैले थकाली समाजको धार्मिक आग्रहलाई पनि हामीले नकार्न सकिँरहेका थिएनौँ । तर, परिवार र समाजले सवको सदगद् गर्न पटक पटक आग्रह गरेसँगै आज अन्त्येष्टि गरिँदैछ । सरकारले घटनाको सत्य तथ्य बाहिर ल्याउने बचन र शहीद घोषणा गर्ने बाचा गरेकाले हामीले जारी राखेका आन्दोलन थाँती राखेका छौँ । तर,आन्दोलनको संयोजकको नाताले यो पनि भन्छु–मुख्य हाम्रो माग पूरा हुन बाँकी नै छ । त्यसैले यो घटनाको छानबिन चाँडो हुन जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 10 =