रोनाल्डो र मेस्सी बाहेक कसले जित्ला बोलोन डी’ओर अवार्ड

असाेज २४, काठमाडाैं । यस वर्षको बोलोन डी’ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्रतिष्ठित अवार्डका लागि सोमबार बेलुका ३० खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

यो अवार्ड फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्दछ । प्रारम्भिक मनोनयनमा गएको वर्षका विजेता क्रिष्टियानो रोनाल्डोसहित लियोनल मेस्सी, नेइमार, लुइस स्वारेज, ह्यारी केन, डेविड डी जिया, फिलिप कोन्टिन्हो, केविन डी ब्राउन, साडिओ मानेसहितका खेलाडी परेका छन् । तर, मनोनयनको सूचिमा रियल मड्रिड तथा वेल्सका स्टार खेलाडी ग्यारेथ बेल भने परेका छैनन् ।

मनोनयनमा परेका यी खेलाडी मध्येबाट भोटका आधारमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक हुनेछ । त्यसमध्ये एक जनालाई यो वर्षको अवार्ड प्रदान गरिने छ । सन् २००८ यता रोनाल्डो र मेस्सी बाहेक अरूले यो अवार्ड जितेका छैनन् ।

को को परे मनोनयनमा 

  • पिएर एमरिक (बोरुसिया डर्टमुण्ड)
  • करिम बेन्जिमा (रियल मड्रिड)
  • लियोनार्डो कोनुकी (एसी मिलान र इटाली)
  • जियानलुइजी बुफोन (युभेन्टस र इटाली)
  • एडिसन काभानी (पिएसजी र उरुग्वे)
  • फिलिप कोन्टिन्हो (लिभरपुल र ब्राजिल)
  • केविन डी ब्राउन (म्यानचेस्टर सिटी र बेल्जियम)
  • डेविड डी जिया (म्यानचेस्टर युनाइटेड र स्पेन)
  • पाउलो डिबाल (युभेन्टस र अर्जेन्टिना)
  • एडिन डिजेको (रोमा र बोसनिया हर्जगोभिना)
  • राडामेल फालकाओ (मोनाको र कोलम्बिया)
  • एन्टोनी ग्रिजम्यान (एथ्लेटिको मड्रिड र फ्रान्स)
  • इडन हजार्ड (चेल्सी र बेल्जियम)
  • म्याट्स हमेल्स (बार्यन म्युनिख र जर्मनी)
  • इस्को (रियल मड्रिड र स्पेन)
  • ह्यारी केन (टोटनह्याम र इंग्ल्याण्ड)
  • एन’गोलो कान्टे (चेल्सी र फ्रान्स)
  • टोनी क्रस (रियल मड्रिड र जर्मनी)
  • रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख र पोल्याण्ड)
  • साडिओ माने (लिभरपुल र सेनेगल)
  • मार्सेलो (रियल मड्रिड र ब्राजिल)
  • केलियन एमबाप्पे (पिएसजी र फ्रान्स)
  • ड्रिएस मेर्टेन्स (नापोली र बेल्जियम)
  • लियोनल मेस्सी (बार्सिलोना र अर्जेन्टिना)
  • लुका मोड्रिक (रियल मड्रिड र क्रोएसिया)
  • नेइमार (पिएसजी र ब्राजिल)
  • ज्यान ओब्लाक (एथ्लेटिको मड्रिड र स्लोभेनिया)
  • सर्जियो रामोस (रियल मड्रिड र स्पेन)
  • क्रिष्टियानो रोनाल्डो (रियल मड्रिड र पोर्चुगल)
  • लुइस स्वारेज (बार्सिलोना र उरुग्वे)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *