कपिलवस्तुको बहादुरगन्जमा सर्पको डसाईबाट एकको मृत्यु

कपिलवस्तु, असोज २४ । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुर गञ्जमा सर्पको डसाईबाट एक जनाको मृत्यु भएको छ ।

बहादुरगन्जका दुुलारे हरिजनका ३५ बर्षीय छोरा गंगाराम हरिजनको गोमन सर्पको डसाईबाट मृत्यु भएको हो । दिउँसो घरमा सुतेको समयमा सर्पले टोकेपछि उपचारको लागि गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । केन्द्रले थप उपचारको लागि वुटवल रेफर गरेपछि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *