डा.बाबुरामलाई ठक्करै ठक्कर !
“
काठमाडौं, असोज २३ । आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति नेपालले कति सिट पाउँने हो ? आजै आफूले पाउँने सिट संख्याको टुङगो लगाउन संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । डा. भट्टराईले आज साँझ अध्यक्ष ओलीसँग भेटघाट गरेर सिट संख्या टुंग्याउनु भएका छन् ।
एमालेसँग चुनावी तालमेल र एकताको घोषणा सार्वजनिक गरेको हप्ता दिन बितिसक्दा पनि आफूहरुले कति सिट संख्या पाउँने हो त्यो तय नहुँदा भट्टराईले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । तर, आज ओलीसँग भेटेर सबै कुराको छिनोफानो लगाउने उनले बताए ।
असोज १७ मा तीन दलबीच चुनावी तालमेल र पार्टी एकताको निर्णय हुँदा एमाले र माओवादी केन्द्रबीच ६०÷४० को अनुपातमा सिट बाँटफाँड गर्ने सहमति भएको थियो । यससँगै दुई ठूला वाम दलले आफूहरुसँग सामेल दललाई सुरुमा सिट बाँडफाँड गरेर बाँकी सिटमा ६० र ४० को कुरा टुंग्याएको थियो । वाम गठबन्धनमा सामेल भएको नयाँ शक्तिले पनि यसमा सहमति जनाएको थियो ।
तर,असोज २७ भित्र पनि सिट संख्याको टुङ्गो नलाग्ने छाँकाँट देखेपछि संयोजक डा. भट्टराई आज ओलीसँग भेटघाट गर्न लागेका हुन् । वाम गठबन्धन बनेको बेला तीन दिनभित्र सिट बाँडफाँट गर्ने सहमति भएको थियो । डा. भट्टराईले प्रदेश र प्रतिनिधि सभाका लागि १५÷१५ सिटको दाबी गरेका छन् ।
“