गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा छ : बिजुक्छे

भक‍तपुर, असोज २० । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब एक बलियो प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताउनुभएको छ ।
सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा बिहीबार नगरकोटमा आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा उहाँले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको पनि विमोचन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *