रोज राणा पहिलो रोजाईमा !

काठमाडौं,असोज १९ । आसन्न प्रदेशको निर्वाचनका लागि दलहरुले उमेद्धारको नाम सिफारिस गर्ने क्रम तिव्र पारेका छन । यसैबीच नेपाली कांग्रेसले प्यूठान क्षेत्र नम्बर दुईबाट तीन जना उम्मेद्धारको नाम सिफारिस गरेको जनाएको छ । सिफारिस भएका नाममध्य रोज राणा पहिलो रोजाईमा परेका छन ।

सेलिव्रेटी राणा चलचित्र क्षेत्रमा सफल निर्माताका रुपमा पहिचान वनाएका व्यक्ति हुन । प्यूठान क्षेत्र नम्बर दुईबाट उनको विजय निश्चित भएसँगै उनको नाम एक नम्बरमा सिफारिस गरिएको हो ।

जोखिमपूर्ण काम गर्न सदैव अग्रसर हुने राणा चलचित्र क्षेत्रमा जमेका व्यक्ति हुन । उनीद्धारा निर्मित ‘मेरो पैसा खोइ ?नामक चलचित्र अहिले राजधानीका हलहरुमा छक्का पञ्जा २ सँग भिडिरहेको छ । राणासँगै सिफारिस भएका नामहरुमा प्यूठान जिल्ला सभापति अम्बर भण्डारी र पूर्व पार्टी सभापति शालिकराम पण्डितको नाम पनि सिफारिस गरिएको प्यूठान कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *