अबैध भारतीय नोट सहित भारतीय नागरिक पक्राउ


असोज १७, पोखरा । अबैध भारतीय नोट सहित पोखरामा एक जना भारतीय पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले अबैध रुपमा ल्याईएको ५ लाख ३२ हजार ५ सय रुपैया बरामद गरेको हो ।

बुद्ध एयरको ६१२ नम्बरको फ्लाईटबाट पोखराबाट काठमाण्डौं जान लागेका भारत पश्चिम बंगालका ३६ बर्षीय कृष्ण दुबर्नीजीलाई उक्त रकम सहित पक्राउ गरिएको कास्कीका प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले बताए ।

बर्नीजीको झोलामा अबैध भारतिय नोट छ भन्ने गोप्य सूचनाको आधारमा पोखरा विमानस्थलमा खानतलासी गर्दा उनको झोलाबाट २ हजारको दरको नोट २ सय १२ र ५ सयको नोट २ सय १७ सहित ५ लाख ३२ हजार ५ सय भारतीय रुपैया बरामद गरिको हो । बरामद गरिएको रकम सहित बर्नीजीलाई राजश्व अनुसनधान विभाग काठमाण्डोैंमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *