पर्यटन दिवस : पोखराका ९ तालको अवलोकन

“
पोखरा। असोज ११ । पोखरा लेखनाथमा रहेका तालहरुको प्रर्वद्धनका लागि टान पश्चिमाञ्चलले एक दिने अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।
विश्व पर्यटन दिवसको अवसरमा पोखरा लेखनाथ महानगरपालिकामा अवस्थित फेवाताल, बेगनासताल र रुपा तालको सहित न्युरेनी , खास्टे , दिपाङ्ग, मैदी लगायतका तालहरुको अवलोकन गरिएको हो ।
महानगरपालिका भित्र रहेका विभिन्न तालहरुको उचित संरक्षण र प्रवद्र्धनको अभावमा तालको अस्तित्वनै हराउँदै गएको भन्दै सरोकारवालाहरुले तालको प्रर्वद्धन गर्नु पर्नेमा जोड दिएका हुन् । ३८ औ विश्व पर्यटन दिवस २०१७ को अवसर पारी सङ्घले विदेशी पर्यटक, पर्यटन व्यवासयी, तालसगँ सरोकार राख्ने विभिन्न ब्याक्ती र सङ्घ संस्थालाई तालको भ्रमण गराइएको हो ।
तालै तालको सहर भन्दै आएपनि बास्तवित तालहरुको अवस्था र प्रर्वद्धन संभाब्यताको अध्ययन अवलोकन गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तालको अवलोकन गरिएको टानका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक किसम कुमारी गुरुङको बताइन् ।
पोखरामा आउने पर्यटकको बसाइ अवधि बढाउन नौ वटा ताललाइ नयाँ गन्तव्यका रूपमा स्थापित गराउन लागि अवालोकन कार्यक्रम गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका कार्यबहाक अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
अहिले पोखराको फेवाताल, लेखनाथको बेगनास र रुपा ताल जाने पर्यटक सङ्ख्या केही रहे पनि अन्य तालको संरक्षण र प्रवद्र्धनको अभावमा लोप हुने अवस्थामा रहेकोले पर्यटन व्यवसायी सरोकारवालाले चासो राख्नु पर्ने उनको भनाइ थियो ।
पोखरा लेखनाथ महानगर पालिकाका मेयर मानबहादुर जिसीले सबै तालको प्रर्बद्धन गर्न व्यवसायी,आम पोखरेली र महानगर सबै लाग्नु पर्ने बताए । तालको अवलोकन गर्न गएका पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले राष्ट्रिय ताल संरक्षण समितिले पोखरा उपत्यका नगर विकास समितिले पठाएको रिपोर्टको बारेमा कुनै चासो नदेखाउदा अझैपनि ताल छेउमा रहेका स्थानीयका जग्गाहरु अन्यौलमा परिरहेको बताए ।
“








