स्वास्थ्यसँग खेल्ने अधिकार कसैसंग छैन: प्रचण्ड

२०७४ जेठ १५ गते

“
काठमाडौं, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनियमितता, भ्रष्टाचार र जनताको स्वास्थ्यसँग खेल्ने अधिकार कसैलाई नरहेको बताउनुभएको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८ औं वार्षिकोत्सव तथा १३ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ को अवसरमा चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जान सक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताउनुभयो ।
अस्पताललाई दक्षिण एशियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने उहाँको भनाई थियो । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताउनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित