स्वास्थ्य सेवा बन्द गर्ने निर्णय फिर्ता लिन सरकारको आग्रह

काठमाडौं, असोज ९ । सरकारले स्वास्थ्य सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने आश्वासन दिदै स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भए पनि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकाको भ्रमणमा रहनुभएकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङग्याईएने निष्कर्ष निकालिएको छ ।

सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यो निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी संघ आन्दोलनरत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *