सरकारकै कारण महिला हिम्सा बढ्यो
२०७४ जेठ १५ गते

“
असोज ८, काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जकुमारी झाले सरकारकै कारण मुलुकमा महिला हिंसा बढ्दै गएको दाबी गरेकी छन् ।
सभापति झाले समाजको सबै क्षेत्रमा महिला हिंसा बढदै गएकोमा चिन्ता पनि गरिन । आइतबार काठमाडौँमा आयोजित ‘मेरा लागि न्याय कहाँ छ ?’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुन छ तर सरकारले त्यसलाई प्रभावकारी कार्यान्वयनमा नल्याउँदा पीडितले न्याय पाउने अवस्था नरहेको बताइन ।
सभापति झाले महिला हिंसाका घटनामा संलग्नहरुलाई कारबाही गर्न हद म्याद लगाउनु नहुनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन । कार्यक्रममा महिला अधिकारीकर्मीहरुले महिला हिंसा अन्त्य गर्न सरकारसँग माग गरेका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








