‘मेरो पैसा खोई ?’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असोज ८ । चलचित्र ‘मेरो पैसा खोई ?’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘ओ कान्छी’ बोलको गीतमा नायक सौगात मल्ल बेहुला र नायिका वर्षा राउत बेहुलीको भेषमा सजिएका छन् । गीतको भिडियोमा सौगातले वर्षाको सिउदो भरेको देख्न सकिन्छ ।

प्रमोद खरेल र मेलिना राईको स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द रहेको छ । ‘मेरो पैसा खोई ?’ असोज ११ गतेबाट प्रदर्शनमा आउने छ । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

चलचित्रलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह-निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *