ट्रम्प र किमको भनाभन ‘बच्चाहरूको झगडाजस्तै’ : रुस

काठमाडौं, असोज ७ । संयुक्त राष्ट्रसंघ, असोज ७ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोेभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच पछिल्लो समय भइरहेका भनाभन ‘बच्चाहरुको झगडा जस्तै’ भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्प र किमबीच एक अर्कालाई होच्याउने तथा नजरअन्दाज गर्ने खालका अभिव्यक्तिको आदान प्रदानलाई लिएर रसियाली विदेशमन्त्री लाभरोभ ‘बच्चाहरुको झगडा जस्तै’ भएको प्रतिक्रिया दिएका अुन् ।

अमेरिकी राष्ट्रपतिले केही दिन पहिले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियालाई पूरै ध्वस्त पारिदिने अमेरिकाको क्षमता रहेको बताएपछि किमले ट्रम्पलाई ‘दिमागी हालत ठीक नभएको गुन्डा’ भन्दै ‘भुक्ने कुकुर’को संज्ञा दिएका थिए ।

यसकोे प्रतिक्रियामा ट्रम्पले उत्तर कोरियाली नेता किमलाई शुक्रबार ‘एकजना पागल मानिस जसलाई अहिलेसम्म नगरिएको जाँच गरिनेछ’ भनी ट्वीट गरेका सामाजिक सन्जालमा पाइएको अन्तर्राष्ट्रिय सनचारमाध्यमले बाहिर ल्याएका थिए ।

किमले ट्रम्पको भाषणलाई ‘कुकुरको भुकाइ’ को संज्ञा दिएको बिषय नसेलाउँदै थप वाकयुद्धको अवस्था देखिएपछि लाभरोभको भनाइ आएको छ ।

राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा रहेका रसियाली विदशमन्त्री लाभरोभले दुई नेताबीचको ‘तनाव शान्त पार्न’ जरुरी रहेको शनिबार एक पत्रकार सम्मेलन गरी बताएका छन् ।

उनले भने, ‘न त कोरियाली प्रायद्वीपमा युद्ध थाल्नु हामीलाई स्वीकार्य कुरा हुनसक्छ न उत्तर कोरियाको पारमाणु अस्त्र विकासलाई चुपचाप हेरेर बस्न नै ।’ उनले समस्याको समाधान राजनीतिक प्रक्रियाबाट खोज्नुपर्छ । यो संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को एउटा जिम्मेवारी रहेका बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =