भात जसरी ‘ग्वाम् ग्वाम्’ पानीपुरी खाने यी महिलाले रेकर्ड तोडिन् (भिडियोसहित)

तपाईँले भात जसरी ग्वाम् ग्वाम्ती पानीपुरी खाएको दृश्य देख्नभएको छ ? छैन भने यो भिडियो हेर्नुहोला । भिडियोमा एक जना महिलाले आत्तिदै पानीपुरी खाइरहेको देखिन्छ । उनका सामुन्ने अन्य मानिसले पनि उसैगरि पानीपुरी खाइरहेका छन् । तर, ती महिलाले यस्तोसँग पानीपुरी खाइरहेकी छिन् कि अहिलेसम्म उनीजसरी अरू कोहीले पानीपुरीको स्वाद लिन पाएका छैनन् । मुखमा अटी नअटी उनी पानीपुरी कोचिरहेकी छिन् ।

ती महिलाले खास किन खान जसरी मुखभित्र पानीपुरी कोचिरहेकी छिन् त ? रोचक कुरा यहीँ हो । तर,मुख्य कुरा यहीँ हो गत अगस्ट २७ देखि भारतको कोलकातास्थित लागय सफारी पार्कमा पानीपुरी दिवस चलिरहेको छ । जहाँ विभिन्न उमेर समूहका एक सय भन्दा बढीले प्रतिस्र्धामा भाग लिएका छन् ।

यहीँ प्रतियोगितामा भाग लिएकी ती महिलाले मुखभित्र सकी नसकि पानीपुरी खाइरहेको दृश्य चाहिँ निकै रोचक बनेको छ, उनी जसरी नै उनी नजिकै बसेका अर्का एक जना युवकले पनि उसैगरी पानीपुरी खाइरहेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार विजेतालाई पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/sKDLMHP4Y9g”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *