प्रदेश नम्बर २ : ९० स्थानको परिणाम सार्वजनिक, अब ४६ स्थानको बाँकी

काठमाडौं, असोज ७ । दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १ सय ३६ स्थानीय तहमध्ये विहानसम्म ९० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।  अब ४६ स्थानको मात्र मत परिणाम आउन बाँकी छ। हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा संघिय समाजवादी फोरम रहेको छ ।

तेस्रो स्थानमा माओवादी केन्द्र छ । त्यस्तै राजपा चौथो स्थानमा छ भने नेकपा एमालेको पाँचौं स्थानमा छ। कांग्रेसले यो समाचार तयार पार्दासम्म कांग्रेसले २९ ठाउँमा जित हाँसिल गरेको छ । दोस्रो स्थानमा रहेको संघिय समाजबादी फोरम १६ स्थानमा बिजयी भएको छ । त्यस्तै तेस्रो स्थानको माओवादी केन्द्र १४ स्थानीय तहमा बिजयी भएको छ । राजपा १३ र एमाले ९ स्थानमा बिजयी भएको छ । फोरम लोकतान्त्रिक भने ३ स्थानमा बिजयी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *