अहिलेसम्म ७० स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ को विजयी भए ?

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेस २५ तहमा बिजयी भएको छ भने १९ तहमा अग्र स्थानमा रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्र १३ स्थानमा बिजयी भएको छ भने २० तहमा अग्र स्थानमा देखिएको छ । संघीय समाजवादी फोरम नेपाल ११ तहमा बिजयी भएर १७ तहमा अग्र स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १० तहमा बिजयी भएसंगै ११ तहमा अग्र स्थानमा देखिएको छ ।

यस्तै, नेकपा एमाले ८ तहमा बिजयी भएको छ भने ९ तहमा अग्र स्थानमा रहेको छ । नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =