स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा शान्तिपूर्ण

असाेज ६, काठमाडाै । गृहमन्त्री जनार्दन शर्माले स्थानीय तह तेस्रो चरणको निर्वाचन मुलुककै इतिहासमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको दाबी गरेका छन् । गृहमन्त्री शर्माले सबै सुरक्षा निकायले जनताको साथमा रहेर काम गरेकाले स्थानीय तह तेस्रो चरणको निर्वाचन अत्याधिक शान्तिपूर्ण र निष्पक्ष ढङ्गले सम्पन्न गर्न सम्भव भएको पनि स्पष्ट पारे ।

शुक्रवार काठमाडौँमा ‘प्रहरी हाम्रो टोलमा’ अभियानको शुभारम्भ गर्दै शर्माले निर्वाचनमा हिंसा हुन्छ कि भनेर आशंका गर्नेहरुलाई पनि निर्वाचनमा कायम गरिएको सुरक्षा व्यवस्थाले बलियो जवाफ दिएको बताए ।

गृहमन्त्री शर्माले सरकार जनतासँगै रहेर सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रतिबद्ध रहेको समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =