मेयरमा काँग्रेस, उपमेयरमा एमाले बाराको निजगढ नगरपालिकामा विजयी

असोज ६, बारा । मेयरमा काँग्रेस र उपमेयरमा एमाले उम्मेदवार बाराको निजगढ नगरपालिकामा विजयी भएका छन् । काँग्रेस–माओवादी गठबन्धन बनाएर चुनावमा होमिए पनि गठबन्धनलाई पराजित गर्दै उपमेयर एमालेले जितेको हाे । काँग्रेसका सुरेशकुमार खनाल मेयरमा विजयी भएका हुन् । उनले ७६४८ मत पाएका थिए । भने, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यमबहादुर खड्काले ६८१८ मत अफ्नाे पक्षमा पार्न सफल भएका थिए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी लिलादेवी लामिछाने विजयी भएकी थिइन् । उनी माओवादी केन्द्रका बेनीबहादुर मोक्तानलाई पराजित गर्दै विजयी भएकी हुन् ।

निजगढमा काँग्रेस–माओवादी मेयर र उपमेयर लिएर चुनावमा होमिएका थिए । गठबन्धनको मेयर उम्मेदवार विजयी भए पनि उपमेयर पराजित भएका छन् । दुई पार्टीको गठबन्धन सामना गरेर चुनावी मैदानमा उत्रिएको एमालेले उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको छ । १३ वडामध्ये ८ वडामा एमालेले कब्जा जमाएको छ भने बाँकी ५ वडा काँग्रेसले जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *