कुलुङ संग्राहलयको औपचारिक समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न

भरतराज शर्मा, धरान । सुनसरीको धरान ५ स्थित देवी गाउँमा रहेको कुलुङ संग्राहलयको औपचारिक समुदघाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । किरात कुलुङ भाषा सांस्कृति उथ्थान सङ्घ जिल्ला कार्य समिति सुनसरीद्वारा स्थापित उक्त संग्राहलयको बिहीबार पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाले उदघाटन गरे ।

विशेषगरी कुलुङ सांस्कृतिलाई महत्वमा राखेर गत साल देखि उक्त संग्राहलयका लागी चन्दा सङ्कलनको अभियान सुरु गरिएको थियो । कुलुङ समुदायमा सांस्कृति विकासका लागी सहयोग गर्ने सो कोषको मूल उद्देश्य रहेको छ । साथै, सोही दिन आफ्ना समुदायबाट स्थानीय तह निर्वााचनमा देशै भरीबाट निर्वाचित बन्नुभएका ६४ जनालाई सम्मान पनि गरिएको थियाे ।

कार्यक्रममा साल्पा सिलिछो भोजपुर गाँउपालिकाकी उपाध्यक्ष धनमाया कुलुङ, महाकुलुङ गाँउपालिका सोलुखुम्बुका जनप्रतिनिधि सागर किराती, साल्पा सिलिछो भोजपुर गाँउपालिकाका बीरबल कुलुङ लगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको कुलुङ सङ्घ सुनसरीका अध्यक्ष चन्द्र सिंह कुलुङले जानकारी दिए ।

पूर्व पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पालकोे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला कार्य समिति, भातृ सङ्घ लगायत कुलुङ अग्रज तथा बुद्धिजीवीहरूको समेत उपस्थिति रहेको कुलुङ सङ्घ जिल्ला कार्य समिति सचिव गंगाराम कुलुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *