बालिका बलात्कारको आरोपमा रुपन्देहीमा एकजना पक्राउ

काठमाडौं, असोज ५ । रुपन्देहीमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १ की १५ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षका इर्साद मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो ।

घाँस काट्न खेतमा गएकी ति बालिकालाई इर्सादले बलात्कार गरेको भन्दै परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले बताउनु भयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *