प्रदेश नम्बर २ काे पछिल्लाे मत परिणाम यस्ताे छ

असाेज ४, काठमाडौँ । प्रदेश नम्बर २ काे एकमात्र महानगर बीरगञ्ज महानगरपालिकामा राजपाले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार वीरगन्ज महानगरको मेयरमा राजपाले १२३९, काँग्रेसले ९६६, फोरमले ४७६, माओवादी केन्द्रले ४०९, एमालेले ३२५ र फोरम लोकतान्त्रिकले २९३ मत प्राप्त गरेको छ ।

त्यस्तै, बाराको जितपुर उपमहानगरपालिकामा नेकपा एमाले अगाडी देखिएको छ भने कलैयामा समाजवादी फोरम अगाडी छ । जितपुर उपमहानगरको मेयर पदमा ११ सय मत ल्याएर अग्रता कायम गर्दा दोस्रो स्थानमा रहेका माओवादी उम्मेदवारले ८६१ मत ल्याएर पछ्याउदै छन् ।

जितपुरमा काँग्रेसका उम्मेदवारले ७ सय ४४ मत ल्याएर तेस्रो स्थानमा कायम राखेका छन् । त्यस्तै कलैयाको मेयरमा सङ्घीय समाजवादीका उम्मेदवारले १२८ मत ल्याएर अग्रस्थान कायम गरेका छन् भने दोस्रो स्थानमा एमाले ८८ र तेस्रो स्थानमा काँग्रेस उम्मेदवारले ६३ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवारले १६ मत पाएका छन् ।

मतगणनाको सुरुवाती चरणमा जनकपुर उपमहानगरमा राजपा पहिलो स्थानमा छ । आज बिहानको पछिल्लो मतपरिणामअनुसार राजपाका मेयर उम्मेदवार लालकिशोर साह काँग्रेस उम्मेदवारभन्दा ३३० मतले अगाडि छन् । लालकिशोरले १०७४ मत ल्याउँदा काँग्रेसका मनोज साहले ७४४ मतमात्र पाएका छन् । उपमेयरमा पनि राजपाकै अग्रता छ । राजपाकी उपमेयर उम्मेदवार रिता झाले ४६४ मत ल्याउदा काँग्रेस उपमेयर उम्मेदवारले ३८२ मत ल्याएकीछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *